+
+
Shares

जाकार्ताबाट उडेको विमानको दुर्घटनास्थल पत्ता लागेको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २६ गते ९:४३

२६ पुस, काठमाडौं । इन्डोनेसियाको राजधानी जाकार्ताबाट शनिबार अपरान्ह उड्नासाथ वेपत्ता भएको श्रीविजय एयरको बोइङ ७३७ को दुर्घटनास्थल पत्ता लागेको त्यहाँका सरकारी अधिकारीले बताएका छन् ।

बीबीसीका अनुसार जाकार्ताबाट उडेको सो विमान उडे लगत्तै समुन्द्रमा खसेको थियो । विमानमा चालक दलका सदस्यसहित कुल ६२ जना सवार थिए ।

जहाज कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि उडेको थियो । जहाजका केही अवशेष र लासहरु समेत दुर्घटनास्थलमा देखिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?