Comments Add Comment

अमेरिकाद्वारा ताइवानसँगको कूटनीतिक सम्बन्ध खुला

२६ पुस, काठमाडौं । अमेरिकाले ताइवानी अधिकारीहरुसँगको कूटनीतिक सम्पर्कमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले एक विज्ञप्तिमार्फत् उक्त जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो अन्तिम समयमा चीनलाई चिढ्याउने गरी ताइवानसँगको सम्पर्कको लागि अनुमति दिने निर्णय गरेको हो । अमेरिकामा जनवरी २० मा जो बाइडनले राष्ट्रपतिको शपथ लिनेछन् ।

अमेरिकाको विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा एक दशकभन्दा लामो समयअघिदेखि नै चीनलाई खुसी पार्नका लागि अमेरिकाले ताइवानमाथि प्रतिबन्ध लगाएको उल्लेख छ । विज्ञप्तिमा यो नियम अर्थहीन रहेको उल्लेख छ ।

चीनले ताइवानलाई आफ्नो प्रान्त रहेको दाबी गर्दै आएको छ भने ताइवानले भने आफूलाई एक सार्वभौम राष्ट्र दाबी गर्दै आएको छ । यो प्रतिबन्ध हटेसँगै अमेरिकी र ताइवानी कूटनीतिक सम्पर्कको अवरोध पनि हट्नेछ । अमेरिकी विदेशमन्त्री पोम्पेओले ताइवान एक प्रजातान्त्रिक मुलुक तथा अमेरिकाको मित्रराष्ट्र रहेको बताए ।

यो निर्णयसँगै ताइवानका विदेशमन्त्री जोसेप वुले अमेरिकालाई यो निर्णयप्रति धन्यवाद दिएका छन् । गत अगष्टमा अमेरिकी स्वास्थ्य तथा मानव सेवा मन्त्री एलेक्स अजर दशकभन्दा लामो समयपछि ताइवानको भ्रमण गर्ने शीर्ष अधिकारी बनेका थिए । यसको जवाफमा चीनले भने अमेरिकालाई ‘एक चीन’ नीतिको सम्मान गर्न आग्रह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment