+
+

पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २६ गते १७:१३

२६ पुस, काठमाडौं । नेपाल पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न संस्थाको छैठौँ अधिवेशनले युवराज विद्रोहीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा चन्द्रमणि भट्टराई, महासचिवमा विमल थापा, सचिवहरु प्रितमसागर कर्माचार्य, लक्ष्मण पन्थी, मनुका कुँवर (महिला) तथा कोषाध्यक्ष कमला नेपाल चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा प्रज्ज्वल थापा, राजु भण्डारी, जितेन्द्र श्रेष्ठ, उदयनारायण भट्टराई, पासाङ शेर्पा, श्यामबाबु आचार्य, पवन फुँयाल, रमेशप्रसाद घिमिरे, सरस्वती गौतम र निकिसा बस्नेत चयन भएका छन् ।

नेपाल पत्रकार महासंघको एशोसिएट संस्थाको रुपमा रहेको मञ्चमा हाल विभिन्न सञ्चार माध्यममा क्रियाशील २ सय जना पत्रकारहरु सदस्य रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?