Comments Add Comment

माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु

२६ पुस, कैलाली । कैलालीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका- १० तुलसीपुरका १६ वर्षीय अशोक धामी रहेका छन् ।

घोडाघोडी नगरपालिका-११ भलुवामा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment