Comments Add Comment

लिभरपुल र म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमै भिड्ने

२८ पुस, काठमाडौं । प्रिमियर लिगका दुई चर्चित क्ब लिभरपुल र म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमै भिड्ने भएका छन् ।

फुटबल एसोसिएसनले सार्वजनिन गरेको ड्र अनुसार लिभरपुल र युनाइटेड चौथो चरणमै खेल्ने भएका हुन् । खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।

युनाइटेड सर्वाधिक एफए कप जित्नेमा आर्सनलपछि दवस्रो स्थानमा छ । युनाइटेडले १२ पटक उपाधि जित्दा लिभरपुलले ८ पटक उपाधि जितेको छ ।

यस्तै साविक विजेता तथा सर्वाधिक १४ पटक उपाधि जितेको आर्सनलले चौथो चरणमा साउथह्याम्पटन र श्रेवसबरीबीचको विजेतासंग खेल्नेछ ।

यस्तै म्यानचेष्टर सिटी, चेल्सी टोटहमलाई सहज प्रतिद्वन्दी परेको छ ।

सिटीले चौथो श्रेणीको चेल्टनहम टाउनसंग खेल्नेछ भने चेल्सीले दोस्रो श्रेणीको लुटन टाउन सँग खेल्नेछ । यस्तै टोटनहमले दोस्रो श्रेणीको वाएकोम्बेसंग खेल्नेछ ।

यस्तै एभरटनले दोस्रो श्रेणीको शेफिल्ड वेन्सडे तथा लेस्टर सिटीले दोस्रो श्रेणीकै ब्रेन्टफवर्डसँग प्रतिस्पर्धा गर्नेछ ।

चौथो चरणका खेलहरु जनवरी २३-२४ मा खेलाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment