+
+
Shares

साँढेको आक्रमणबाट वृद्धाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २८ गते १२:२६
प्रतीकात्मक तस्वीर

२८ पुस, सप्तरी । सप्तरीमा साँढेको आक्रमणबाट एक जना वृद्धाको ज्यान गएको छ ।

जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ निवासी ८० वर्षीया दुर्गीदेवी साहको साँढेको आक्रमणमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घर अगाडि बाटोमा हिंडिरहेको अवस्थामा सार्वजनिक रुपमा छाडिएको साँढेले पछाडिबाट आक्रमण गर्दा साह गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि जिल्ला सदरमुकाम राजविराजतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी प्रबक्ता भुवनेश्वर साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?