+
+
Shares

प्रति महिना ९९ रुपैयाँमा नेटटीभी सिनेप्लस

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २८ गते १६:४१

२८ पुस, काठमाडौं । नेपालको पहिलो आईपीटीभी सेवा प्रदायक नेटटीभीले आफ्ना ग्राहकहरुका लागि नियमित रुपमा हिन्दी/अंग्रजी चलचित्रहरु, टीभी सिरियलहरु र टीभी शोजस्ता मनोरन्जनात्मक सामग्रीहरु सहितको नेटटीभी प्राइम प्याकेज उपलब्ध गराउँदै आएको छ । सन २०२० को अगष्टमा प्राइम प्याकेज अन्र्तगत लोकप्रिय ओटीटी (ओभर द टप) हंगामा एपमार्फत अंग्रेजी र हिन्दी चलचित्रहरु, वेभ श्रंखलाहरुको ठूलो संग्रहबारे परिचित गराएको थियो, जुन प्याकेज प्रति महिना ९९ रुपैयाँमा नेटटीभी सेट टप बक्स भएका ग्राहकले  लिन सक्छन् ।

हंगामा बाहेक, नेटटीभी प्राइम प्याकेजसँगै नेटटीभी सिनेप्लस वर्ग अन्तर्गत तीन हजार भन्दा बढी चलचित्र सामग्री, वेब श्रृंखला (सेरिज) र सामान्य मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन् । यी सबै सामग्रीहरुमा हेर्नका लागि प्राइम प्याकेज लिएका ग्राहकहरु लाई कुनै अतिरिक्त शुल्क तिर्नु पर्ने छैन । नेटटीभीले अन्तर्राष्ट्रिय ओटीटी प्लेटर्फमबाट मार्की सामग्रीहरु एकीकृत गरेर नेटटीभी सिनेप्लसको वर्ग अन्र्तगत प्रशारण गर्दैछ ।

नेटटीभीका प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारीका अनुसार नेटटीभीले सार्वजनिक गरेको नेटटीभी सिनेप्लस हेर्नका लागी ग्राहकलाई थप शुल्क नलाग्ने गरि तीन हजारभन्दा बढी चलचित्रहरु, लोकप्रिय वेब श्रृंखला र सामान्य मनोरञ्जनात्मक सामाग्री रहेको नेटटीभी प्राइम प्याकेज अन्तर्गत वल्र्डलिंकका ग्राहकहरुलाई धेरै नै आकषिर्त गरेको छ ।

नेटटीभी सिनेप्लस र हंगामा सहित नेटटीभी प्राइम प्याकेज लिएका ग्राहक सदस्यहरुको लागि प्रति महिना ९९ रुपैयाँमै चार हजार भन्दा वढी मनोरञ्जनात्मक सामग्रीहरु उपलब्ध छन् ।

‘हामीले प्रति महिना ६९ रुपैयाँमै नेपालका प्रत्येक व्यक्तिले कुनै पनि सेवा प्रदायकको इन्टरनेट वाट उपयोग गर्न सक्ने गरी हाम्रो नेटटीभी एन्ड्रोइड र आईओएस एपमा नेटटीभी सिनेप्लस मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्ने सुरुवात गरेका छौं’  प्रमुख कार्यकारी अधिकृत राजभण्डारी भन्छन् ‘हामी नेपालको सबैभन्दा ठूलो मनोरञ्जनात्मक कार्यक्रम उपलब्ध गराउने कम्पनी बन्ने लक्ष्यमा छौं, यसले ग्राहकलाई न्यूनत्तम शुल्कमै अद्भुत मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्ने अनुभव प्रदान गर्नेछ । हामी प्रविधि साझेदारीमा महत्वपूर्ण लगानी गर्दैछौं, जसले तीव्र गतिमा विश्व वजारमा उपलब्ध रहेका नयाँ नयाँ कार्यक्रम ल्याउन हामी सक्षम हुनेछौं । ‘

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?