Comments Add Comment

पल्सर स्पाेर्टस अवार्ड : तेक्वान्दोका नविन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक

२८ पुस, काठमाडौं । तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७६ मा नविनले वर्षको उत्कृष्ट प्रशिक्षक विधाको अवार्ड जितेका हुन् ।

१३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले तेक्वान्दोबाट सर्वाधिक १२ स्वर्ण जित्दा नविन मुख्य प्रशिक्षकको रुपमा रहेका थिए ।

नविनले अवार्ड जित्ने क्रममा करातेका मदन उप्रेती उसुका अमर थिङ पौडीका शंकर कार्की र बक्सिङका प्रकाश थापा मगरलाई पछि पारे ।

१३औं सागमा नेपालले तेक्वान्दोबाट सर्वाधिक १२ स्वर्ण,६ रजत र ११ कास्य जितेको थियो । जसमा नविन श्रेष्ठ मुख्य प्रशिक्षक थिए । सागमा नेपालबाट खेलेका सबै २९ खेलाडीले पदक जितेका थिए ।

नविन चाइना ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली टोलीको प्रशिक्षक रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment