Comments Add Comment

नेविस‌ंघको माग : वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई कारबाही गर 

२८ पुस, काठमाडौं । नेशनल मेडिकल कलेज वीरगञ्जले अतिरिक्त शूल्क नतिरेको भन्दै दुईजना विद्यार्थीलाई एमबीबीएस परीक्षा दिनबाट बञ्चित गरेको घटनाप्रति नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।

सरकारी छात्रावृत्तिमा अध्ययनरत रामजी राम र पंकज रामलाई नियम विपरीतको शूल्क नतिरेको भन्दै परीक्षाबाट वञ्चित गरेर विद्यार्थीको भविष्यमाथि नै खेलवाड गरेको भन्दै नेविसंघले कलेज र कलेजका सञ्चालकलाई हदैसम्मको कारबाही गर्न माग गरेको हो ।

नेविसंघका अध्यक्ष राजिव ढुंगानाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै रामजी र पंकज दुवै जनालाई तत्काल पुनः परीक्षाको व्यवस्था मिलाउन त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान डिनको कार्यालयसँग माग समेत गरेका छन् ।

शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र विश्व विद्यालय अनुदान आयोगका पदाधिकारीले समेत आफ्नो जिम्मेवारी पूरा नगरेको देखिएका कारण आवश्यक छानविन गरी सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने महामन्त्री दीपक भट्टराईले बताए ।

कलेजले तोकेको अतिरिक्त शुल्क नतिरेको भन्दै कलेजले दुवैजनालाई विश्वविद्यालयको परीक्षा दिनबाट बञ्चित गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment