Comments Add Comment

मन्देकाजी र गौरिका वर्ष खेलाडी

२८ पुस काठमाडौं । कराते खेलाडी मन्देकाजी श्रेष्ठ र पौडी खेलाडी गौरिका सिंह वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७६ मा मन्दे पुर्षतर्फ र गौरिका महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए ।

कोभिड-१९ का कारण स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्दै सेमि भर्चुयल रुपमा आयोजना गरिएको समारोहमा गल्फर सुबास तामाङ उत्कृष्ट युवा खेलाडी र तेक्वान्दोका नवीन कुमार श्रेष्ठ वर्ष प्रशिक्षक घोषित भए ।

भलिबलले दुई अवार्ड जित्दा महिला राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले लोकप्रिय खेलाडीको अवार्ड जितिन् । यस्तै महिला भलिबल टिमले टिम अफ दि इअरको अवार्ड जित्यो । तेक्वान्दोका आयशा शाक्य र एथलेटिक्सकका सन्तोषी श्रेष्ठ स्पेशल अवार्डबाट सम्मानित भए । टेबलटेनिस खेलाडीद्वय गीता क्षेत्री र सिजरिन शाह लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए ।

यस्तै दिगमसिंह चेम्जोङले पारा सम्मान अवार्ड जिते । ललितपुरको सातदोबाटोस्थित कराते हलमा सेमि भर्चुयल रुपमा आयोजित अवार्डमा युवा तथा खेलकुद मन्त्री दावा तामाङ लामा, राष्ट्रिय  खेलकुद परिषद राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल, उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा लगायतले विजेता खेलाडीलाई अवार्ड वितरण गरेका थिए ।

यस्तै गायक नवीन के भट्टराई र मिलन नेवाले सांगितिक प्रस्तुती दिएका थिए भने सुमन कार्कीले कमेडी प्रस्तुत गरेका थिए ।

करातेका मन्देकाजी वर्ष खेलाडी

कराते खेलाडी मन्देकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को वर्ष खेलाडी बनेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च एनजेएफले आयोजना गरेको १७औं संस्करणको स्पोर्ट अवार्डमा कन्देकाजीले वर्ष खेलाडी पुरुषको अवार्ड जितेका हुन् ।

उनले एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, गल्फका सुवास तामाङ र फुटबलका विकेश कुथुलाई पछि पार्दै अवार्ड जितेका हुन् ।  गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा मन्देले दुई स्वर्ण जितेका थिए ।

उनले सागमा एकल काता र टिम कातामा स्वर्ण जितेका हुन् । यस्तै आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण र टिम कातामा रजत जितेका थिए ।  यसैगरी बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा टिम कातामा स्वर्ण र एकल कातामा कास्य पदक जितेका थिए ।

यस्तै नवौं थाइल्याण्ड ओपन च्याम्पियनसिपमा सिनियर कातामा रजत पदक जितेका थिए ।

गौरिका सिंह वर्षको उत्कृष्ट खेलाडी घोषित

जलपरी गौरिका सिंह एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को वर्ष खेलाडी चयन भएकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको १७औं संस्करणको स्पोर्टस अवार्डमा गौरिकाले वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी हुन् ।

गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा गौरिकाले ऐतिहासिक ४ स्वर्णसहित कूल  पदक जितेकी थिइन् ।

उनले अवार्ड जित्ने क्रममा १३औं सागमै २ स्वर्ण जितेकी तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ट्रायथलनकी सोनी गुरुङ र करातेकी अनु अधिकारीलाई पछि पारिन् ।

गौरिकाले साग इतिहासमै पहिलो व्यक्तिगत स्वर्ण जित्नुका साथै १३औं सागमा ४ स्वर्ण २ रजत र ३ कास्य पदक जितेकी थिइन् । उनले सागमा नेपालको लागि सर्वाधिक ४ स्वर्ण जित्ने तेक्वान्दव खेलाडी दीपक विष्टको कीरतिमान बराबरी गरेकी थिइन् भने एकै संस्करणमा चार स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी थिइन् । यस्तै आठौं राष्ट्रिय खेलकुदमा उनले सहभागि सबै १२ वटै स्पर्धामा स्वर्ण जितेकी थिइन् ।

गल्फर सुवास उत्कृष्ट युवा खेलाडी

गल्फर सुवास तामाङ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । १३औं दषिण एसियाली खेलकुद सागमा २ स्वर्ण जितेका सुवासले वर्ष खेलाडी युवा विधाको अवार्ड जितेका हुन् ।

उनले अवार्ड जित्ने क्रममा तेक्वान्दोका भुपेन श्रेष्ठ र सिना लिम्बु मादेन जुडोकी पुनम श्रेष्ठ र भारोत्तोलनकी सन्जु चौधरीलाई पछि पार्दै अवार्ड जितेका हुन् । सुवासले १३औं सागमा व्यक्तिगत र समूहमा गरी दुई स्वर्ण जितेका थिए । सुवासले नेपाललाई सागमा ऐतिहासिक स्वर्ण दिलाएका हुन् ।

यस्तै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको टिम स्पर्धामा सुवासले बर्मीको टिमबा६ खेल्दै टिम स्पर्धामा रजत जितेका थिए । १७ वर्षीय सुवासले २०७६ को फाल्डो सिरिज छनोटको उपाधि समेत जितेका थिए ।

तेक्वान्दोका नविन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक

तेक्वान्दो प्रशिक्षक नवीन कुमार श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७६ मा नविनले वर्षको उत्कृष्ट प्रशिक्षक विधाको अवार्ड जितेका हुन् ।

१३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले तेक्वान्दोबाट सर्वाधिक १२ स्वर्ण जित्दा नविन मुख्य प्रशिक्षकको रुपमा रहेका थिए । नविले अवार्ड जित्ने क्रममा करातेका मदन उप्रेती उसुका अमर थिङ पौडीका शंकर कार्की र बक्सिङका प्रकाश थापा मगरलाई पछि पारे ।

१३औं सागमा नेपालले तेक्वान्दोबाट सर्वाधिक १२ स्वर्ण,६ रजत र ११ कास्य जितेको थियो । जसमा नविन श्रेष्ठ मुख्य प्रशिक्षक थिए । सागमा नेपालबाट खेलेका सबै २९ खेलाडीले पदक जितेका थिए ।

यस्तै नविन चाइना ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली टोलीको प्रशिक्षक रहेका थिए ।

भलिबल कप्तान अरुणा लोकप्रिय खेलाडी

राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही वर्ष २०७६ कै सबैभन्दा लोकप्रिय खेलाडी बनेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा अरुणाले पिपल्स च्वाइस विधाको अवार्ड जितेका हुन् ।

भोटिङको आधारबाट विजेताको छनोट गरिने यस विधामा अरुणाले बास्केटबल टिमकी कप्तान सदिना श्रेष्ठ करातेका मन्देकाजी श्रेष्ठ पौडीकी गौरिका सिंह र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारिन् ।

एनएसजेएफको फेसबुक पेज लाइक, इसेवाबाट गरिएको भोटिङ, एनएसजेएफका सदस्यहरुको मत र मुख्य प्रशिक्षकहरुको मतदबाट पिपुल्स च्वाइसको विजेता घोषणा गरिएको हो । जसमा ईसेवाबाट पाएको मतको भार ५० प्रतिशत, फेसबुक लाइकको मतभार २५ प्रतिशत मन्चका पत्रकार र प्रशिक्षकहरुको मतको भार १२.५-१२.५ प्रतिशत रहेको थियो ।

अरुणाले ३७.५२५% मत पाइन भने निकटतम प्रतिस्पर्धी मन्देकाजीले २८.४५७% मत पाए । यस्तै सदिना तेस्रो हुँदा गौरिका चौथो र सावित्रा भण्डारी पाँचौं स्थानमा रहिन् ।

गत वर्ष नेपालले महिला भलिबल ऐतिहासिक सलता हात पार्दा अरुणा टोलीको कप्तान थिइन् । अरुणाले कोर्टमा टिमको नेतृत्व गर्नुका साथै आफ्नो प्रदर्शन समेत उत्कृष्ट गरेकी थिइन् ।

अरुणाको कप्तानी डेब्युमै नेपालले गत वर्ष बंगलादेशमा भएको प्रथम एभिसी महिला सिनियर सेन्ट्रल जोन भलिबलको उपाधि जितेको थियो । यस्तै घरेलु कोर्टमा भएको १३औं सागमा ऐतिहासिक रजत पदक जितेको थियो । महिला टिमले गमा पहिलो पटक रजत पदक जितेको हो । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि नेपाल भारतसंग रोमाञ्चक खेलमा ३-२ को सेटमा पराजित भएको थियो

आयशा र सन्तोषीलाई स्पेशल अवार्ड

तेक्वान्दो खेलाडी आयशा शाक्य र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा स्पेशल अवार्ड जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले बयोजना गरेको १७औं संस्करणको स्पोर्ट्स अवार्डमा आयशा र सन्तोषीले संयुक्त रुपमा स्पेशल अवार्ड जितेका हुन् । गत वर्ष नेपालमै आयोजना भएको १३औं दषिण एसियाली खेलकुद सागमा दुवै खेलाडीले स्वर्ण पदक जितेका थिए ।

आयशाले तेक्वान्दोको पुम्सेतर्फ एकल र युगलमा स्वर्ण जितेकी थिइन् । यस्तै सन्तोषीले सागमा १० हजार मिटरमा स्वर्ण जितेकी थिइन् । सन्तोषीले सागको इतिहासमा स्वर्ण जित्ने पहिलो महिला खेलाडीको कीर्तिमान समेत बनाइन् ।

दुई छोराको आमा भएर पनि खेलकुदमा उत्तिकै सक्रिए आयशाले तेक्वान्दोमा विधा परिवर्तन गर्दै विभिन्न चुनौतीका बावजुत पनि २ स्वर्ण जितेकी थिइन् । उनले यसअघि फाइट विधामा सागमा स्वर्ण जितिसकेका छिन् । १३औं सागमा थप गरिएको नयाँ विधा पुम्सेमा पनि आयशाले खेलको दुई वटै इभेन्टमा स्वर्ण जितेकी हुन् ।

गीता क्षेत्री र सिजरिन शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

टेबलटेनिसका दुई पुराना खेलाडी गीता क्षेत्री र सिजरिन शाहले पल्सर स्वर्ट्स अवार्ड अन्तर्गत लाइफटाइम एचिभमेन्टको अवार्ड जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा यी दुई खेलाडी लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए । साग इतिहासमा टेबलटेनिसबाट स्वर्ण जित्ने कीर्तिमान यी दुई खेलाडीको नाममा छ ।

पाँचौं संस्करणको सागमा गीता र सिजरिनको जोडीले नेपाललाई ऐतिहासिक स्वर्ण पदक जिताएका थिए ।

महिला भलिबल टिम वर्षको उत्कृष्ट टिम घोषित

नेपाली राष्ट्रिय महिला भलिबल टिम वर्ष २०७६ को उत्कृष्ट टिम घोषित भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा महिला भलिबल टिमले टिम अफ दि इअरको अवार्ड जितेको हो ।

गत वर्ष महिला भलिबलमा नेपालले ऐतिहासिक सफलता हात पारेको थियो । दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा एउटामा उपाधि जितेको भलिबल टिम अर्कोमा दोस्रो भएको थियो ।

गत वर्ष बंगलादेशमा आयोजना भएको प्रथम एभिसी महिला सिनयर सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जित्दै ऐतिहासिक उपलब्धी हासिल गरेको महिला टिमले नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा ऐतिहासिक रजत जितेको थियो । महिला भलिबल टिमले सागमा पहिलो पटक रजत जितेको हो ।

सेन्ट्रल जोनमा नेपालले खेलेको कुनै पनि खेल नहारी उपाधि जितेको हो । यस्तै नेपालले ६ खेल खेल्दा कुनै सेट समेत गुमाएन । सेन्ट्रल जोनमा नेपालका ६ खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

पहिलो पटक फाइनल पुग्दै इतिहास कायम गरेको नेपाल सागमा स्वर्ण नजिक पुगेपनि अन्त्यमा भारतसंग पराजित भएको थियो । निकै रोमाञ्चक फाइनलमा नेपालले भारतलाई कडा टक्कर दिएको थियो । तर प्रतिस्पर्धात्मक खेलमा नेपाल ३-२ सेटमा पराजित भयो । १३औं सागमा थप दुई नयाँ खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरे । समग्रमा वर्ष २०७६ मा ८ महिला खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

पारा एथलेट सम्मान दिगमसिंह चेमजाङलाई

दिगमसिंह चेम्जोङले पल्सर स्पोर्टस अवार्डमा पारा एथलेट अवार्ड जितेका छन् । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डबा बास्केटबल तथा क्रिकेटका पारा खेलाडी दिगमसिंहलाई सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment