Comments Add Comment

पोग्वाको निर्णायक गोल, युनाइटेड शीर्ष स्थानमा

२९ पुस, काठमाडौं । म्यानचेस्टर युनाइटेड इ प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । पउल पोग्बाको निर्णायक गोल मद्दतमा मंगलबार राति भएको खेलमा बर्नलीलाई १-० गोलले पराजित गर्दै युनाइटेड शीर्ष स्थानमा उक्लिएको हो ।

बर्नलीको मैदानमा युनाइटेडलाई जित दिलाउन पाउल पोग्बाले दोस्रो हाफमा एक मात्र गोल गरे । उनले खेलको ७१ औं मिनेटमा मार्कुस रासफोर्डको पासमा गोल गरेका थिए ।

जितपछि १७ खेलबाट ३६ अंक जोडेको युनाइटेड अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । युनाइटेडले लिभरपुललाई ३ अंकले पछि पारेको हो ।

पराजित बर्नली १६ अंकका साथ १६औं स्थानमा रहेको छ ।

अर्को खेलमा सेफिल्ड युनाइटेडले न्युकासल युनाइटेडलाई १-० ले हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment