Comments Add Comment

यी हुन् दुनियाँमा सबैभन्दा धेरै सुन भएका १० वटा देशहरु

आफूसँग महंगो धातु सुन बढीभन्दा बढी होस् भन्ने चाहना कसको नहोला र ? कुनै पनि मुलुकका लागि उसको सुनको मौज्दातले मुलुकको अर्थतन्त्रको अवस्थालाई समेत देखाउँदछ । संसारमा सबैभन्दा धेरै सुन रहेका टपटेन मुलुकहरु यी हुन्ः

१. अमेरिका : विश्वमा सबैभन्दा धेरै सुन रहेको मुलुक अमेरिका हो । वर्ल्ड गोल्ड काउन्सिलका अनुसार अमेरिकासँग ८ हजार १३४ टन सुन छ।

२. जर्मनी : ढुकुटीमा सबैभन्दा धेरै सुन रहेको मुलुकको दोश्रो स्थानमा जर्मनी रहेको छ । जर्मनीसँग ३ हजार ३६४ टन सुन रहेको छ ।

३. इटाली : सुन मौज्दातको मामिलामा तेश्रो नम्बरमा इटाली रहेको छ । इटालीसँग २ हजार ४५२ टन सुन रहेको छ ।

४. फ्रान्स : चौथो स्थानमा रहेको फ्रान्ससँग २ हजार ४३६ टन सुन रहेको छ ।

५. रुस : ढुकुटीमा धेरै सुन रहेका मुलुकको सूचिमा पाँचौ स्थानमा रुस रहेको छ । वर्ल्ड गोल्ड काउन्सिलका अनुसार रुससँग २ हजार ३०० टन सुन छ ।

६. चीन : विश्वमा सुनको मौज्दात धेरै रहेका मुलुकको सूचीमा चीन छैटौँ स्थानमा छ । चीनसँग १ हजार ९४८ टन सुन छ ।

७. स्विटजरल्याण्ड :  गोल्ड काउन्सिलका अनुसार सातौँ स्थानमा रहेको स्विजरल्याण्डको ढुकुटीमा १ हजार ४० टन सुन रहेको छ ।

८. जापान : आठौँ स्थानमा रहेको जापानसँग ७ सय ६५ टन सुन रहेको विश्व सुन परिषदको तथ्यांक छ ।

९. भारत : छिमेकी मुलुक भारत विश्वमा बढी सुन राख्ने मुलुकहरुको सूचीमा नवौँ स्थानमा छ । भारतको ढुकुटीमा ६५८ टन सुन छ । रोचक त के भने यो केवल सरकारसँग रहेको सुनमात्र हो । भारतका मन्दिर तथा आम जनतासँग रहेको सुन योभन्दा कैयौँ धेरै छ ।

१०. नेदरल्याण्ड : विश्वमा सरकारी ढुकुटीमा रहेको सुनको मामिलामा दशौँ नम्बरमा नेदरल्याण्ड रहेको छ । नेदरल्याण्डसँग ६ सय १३ टन सुन छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment