
मृतक वीरेन्द्र भण्डारी
२९ पुस, सुर्खेत । सल्यानमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
शारदा नगरपालिका–६, बरला बजार नजिकै ना ३ ख ९६४३ नम्बरको बसले रा ३ प ८७६७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक सेही ठाउँका ३० वर्षीय वीरेन्द्र भण्डारीको मृत्यु भएको हो ।
ढोरचौरबाट श्रीनगर आउँदै गरेको बसले श्रीनगरबाट बरलातर्फ जाँदै गरेको मोटरसाइललाई ठक्कर दिँदा भण्डारी गम्भीर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीका अनुसार भण्डारीको उपचारका क्रममा जिल्ला अस्पताल खलंगामा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक नियन्त्रणमा रहेकोे प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4