+
+

एनएमबि बैंकको लाभांश पारित

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २९ गते १७:५०

२९ पुस, काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा यहि मिति २०७७ पौष २९ गते, बुधबार कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडौंमा संचालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको अध्यक्षतामा सम्पन्न गरेको छ ।

कोभिड १९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स (भर्चुअल) प्रविधि मार्फत संचालन गरी शेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

उक्त सभाले बैंकले अधिकृत पूँजी रु.१६ अरबबाट बृद्धि गरी रु.२० अरव पुर्याउने प्रस्ताव पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?