+
+
Shares

सडकबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्छौं : पूर्वमन्त्री राई

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २९ गते १९:२५

२९ पुस, सुर्खेत । जनता समाजवादी पार्टी (जसपा)का नेता एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले सडकबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने चेतावनी दिएका छन् ।

जसपाले प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता इस्तियाक राईले प्रधानमन्त्री केपी ओलीले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, सर्वसत्तावादी र अधिनायकवादी भएको भन्दै सडकबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने चेतावनी दिएका दिए ।

‘प्रधानमन्त्रीको स्वेच्छाचारीलाई अदालतले सही फैसला गर्ने विश्वास लिएका छौं,’ उनले भने, ‘हामीे अदालको फैसला पर्खेर बसेका छौं । अदालतले पनि स्वेच्छाचारीलाई साथ दिए, त्यो हामीलाई मान्य हुँने छैन । संविधानको रक्षाका लागि सडकबाटै प्रतिनिधिसभा पुनर्स्थापना गछौं ।’

नेता राईले जसपा निर्वाचनबाट नभागेको तर, प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध सड्कमा आएको स्पष्ट पारे ।

‘कोरोनाको महामारीले व्यवसायी थला परेका छन्, जनतालाई दैनिकी चलाउन गाह्रो भइरहेको छ,’ उनले भने, ‘तर, प्रधानमन्त्री ओली जीलाई भने राज्यलाई अर्बौंको व्यायभार पर्नेगरी चुनाव चाहियो रे, जनताले चुनाव हैन, विकास र समृद्धि चाहेका छन् । त्यसैले हामी सड्कमा आयौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?