Comments Add Comment

काठमाडौंसहित तराईका जिल्लामा कुहिरो, आन्तरिक उडान ठप्प

२ माघ, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरैजसो भागमा बादल लागेपछि चिसो महसुस भएको छ । काठमाडौंसहित तराईका जिल्लामा बाक्लो कुहिरो लागेकाले भिजिबिलिटी कम भएकाले आन्तरिक उडान पनि ठप्प भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलमा आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् ।

मौसमविद विभूति पोखरेलका अनुसार अहिले तराईका भूभागहरुमा बाक्लो कुहिरो देखिएको छ । काठमाडौं उपत्यका र पश्चिम पहाडी भूभागहरुमा पनि बादल लागेको छ ।

‘काठमाडौंमा यस्तो अवस्था आज दिउँसो पनि कायम रहन्छ, जसका कारण चिसो बढेको महसुस हुन्छ,’ मौसमविद पोखरेलले भनिन् । काठमाडौंको भिजिबिलिटी अपराह्न २-३ बजेपछि मात्रै केही सुधार हुनसक्ने उनले बताइन् ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव छ । त्यसैले प्रदेश नं. १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरै भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बाँकी भूभागमा सामान्य बदलीको अवस्था छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च भूभागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं. १ एकको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ ।

साथै तराईका धेरैजसो भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि मौसमविदहरुले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment