+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो भोइस अफ नेपाल–सिजन३ को सह प्रायोजक

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २ गते १४:०३

सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता कार्यक्रम भ्वाइस अफ नेपाल– सिजन ३ को सह प्रायोजक रहने घोषणा गरेको छ । उक्त कार्यक्रम हिमालय एचडी टिभी बाट प्रसारण हुने छ र यस कार्यक्रमको डिजिटल अडिसन भने शुरु भैसकेको छ ।

काठमाडौं स्थित र्याडिशन होटलमा आयोजित हस्ताक्षर कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भ्वाइस अफ नेपाल जस्तो लोकप्रिय रियालिटी कार्यक्रमसँग आबद्ध हुन पाउदा खुशी लागेको साथै सिटी एक्सप्रेसले जसरी देश बिदेशमा रहनु भएका नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको बताए । त्यसरी नै भ्वाइस अफ नेपालले पनि देश बिदेशमा रहनु भएका नेपाली दाजु भाई तथा दिदी बहिनीहरु बाट गायन प्रतिभा देखाउने एउटा राम्रो प्ल्याटफर्म प्रदान गरेकोमा खुशी ब्यक्त गरे ।

सिटी एक्सप्रेसले बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?