Comments Add Comment

जब बुढ्यौलीमा पनि काम गर्नुपर्ने हुन्छ

बुढ्यौली दिनदिनै महंगो हुँदैछ । संभव भएसम्म, आउँदो पीढींले गरिरहेको काम छाड्ने बिचारलाई सधैका लागि त्याग्नुहोस् । के गर्ने, जब हामी बुढो हुन्छौ ? के हामी काम गर्नका लायक रहन्छौ ? के कसैले हामीलाई काम दिन्छ ?

डाक्टर बिल फ्रैंकलैन्ड १ सय ६ बर्षका छन् । सायद यो धर्तीमा काम गरिरहेका सबैभन्दा पाको डाक्टर उनै हुन् । यस उमेरमा पनि उनी लन्डनको आफ्नो कार्यलयमा सुट र टाईमा ठाँटिएर बसेका हुन्छन् । १ सय बर्षको जिन्दगी पुरा गरेपछि पनि चार रिसर्च पेपर छाइसकेका छन् र पाँचौ पेपर लेखिरहेका छन् ।

फ्रैंकल्यान्ड १९३० को दशकमा डाक्टर बनेका थिए । आफ्नो लामो करियरमा उनले एलर्जीको उपचारबाट ख्याती कमाए । एन्टि बायोटिक्सको खोजका लागि नोबेले पुरस्कार जित्ने एलेक्जेन्डर फ्लेमिङसँग पनि उनले काम गरेका थिए । एक पटक उनलाई इराकका तानाशाह सद्दाम हुसेनको उपचारका लागि पनि बोलाइएको थियो ।

नियमअनुसार डाक्टर फ्रैंकलेन्डले ६५ बर्षको उमेरमै अवकास लिनुपर्ने थियो । तर, उनले काम गर्न बन्द गरेनन् । उनी तबसम्म आफ्नो मर्जीले काम गरिरहेका छन् । डा. फ्रैंकलेन्ड भन्छन्, ‘मैले काम नै नगर्नु हो भने, के गरौं त ?’

कामप्रति फ्रैंकलेन्डको यो दृष्टिकोण आम होइन । धेरैजसोले सोच्छन् कि, पाको हुँदै गएपछि कामबाट अवकास लिनुपर्छ । तर, सायद भविष्यमा यस्तो हुनेवाला छैन ।

अवकासपछि धेरैजसो मानिसहरुले जति बचत गर्न पाएका हुन्छन्, जति उनको आवश्यक्ता हुन्छ, त्यसमा भारी अन्तर आएको छ । यो अन्तर दिनहुँ बढ्दैछ । वल्र्ड इकोनमिक फोरमको ताजा रिपोर्ट अनुसार विश्वकै बढ्दो अर्थव्यवस्था अमेरिका, बेलायत, जापान, नेदरल्यान्ड, क्यानडा, अष्ट्रेलिया, चीन र भारतमा सन् २०५० सम्म मानिसलाई जति बचतको आवश्यक्ता हुन्छ, त्यसमा ४ सय २८ हजार अर्ब डलरको कमी हुनेछ ।

विश्वको जनसंख्या बुढ्यौलीतर्फ धकेलिदैछ । सन् २०१५ मा करिब चार लाख ५१ हजार मानिस सय बर्षका थिए । आगमी तीन दशकमा यो संख्या आठ गुना हुनेछ । धनी मुलुकमा जन्मिएका धेरैजसो बच्चा अहिले सय बर्षसम्म बाँच्ने अपेक्षा राख्छन् । समस्या यहीबाट सुरु भएकोछ ।

अमेरिकामा सन् १९६० को दशकमा मानिसले औसत रुपले पाँच बर्षसम्मको बुढ्यौली पेन्सनको फाइदा उठाउन पाएका थिए । तब मानिसहरु ६५ बर्षको उमेरमा अवकासप्राप्त हुन्थे र उनको जीवन करिब ७० बर्षको हुनेगथ्र्यो । अब औसत आयु बृद्धि हुँदै गएको छ । मानिसहरु एक सय बर्षसम्म बाँच्ने आशाका साथ बाँचिरहेका छन् । यसको सोझो अर्थ के भने, अवकासपछि पनि मानिसहरु सात गुणा लामो जीवन बाँचिरहेका छन् ।

कम्पनीको आखिरी पारिश्रमिकको आधारमा पेन्सन तय गर्ने व्यवस्था फरक छ । यस्तोमा जो मानसिक अमेरिकाको राष्ट्रिय औसत ४४ हजार ५ सय ६४ डलर बर्षेनी आर्जन गर्न चाहन्छन्, उनका लागि करिब १० लाख डलर बचत गर्नुपर्ने आवश्यक्ता हुन्छ । यसकारण बुढ्यौलीमा पनि उसले काम गर्नुपर्ने हुन्छ । तर, त्यस उमेरमा उसले के गर्ने ? के उनीहरु काम गर्नका लायक हुन्छन् ? कसले उनीहरुलाई काम दिन्छ ?

भारतसहित विश्वमै सय बर्षका काम गरिरहेका छन् र उनीहरु जटिल काम गरिरहेका छन् । एन्थनी मैसिनेली ९५ बर्षको उमेरमा हजमको काम गरिरहेका छन् । स्टैनिस्ला कोवाल्स्की जस्ता एथलिटले १ सय ४ बर्षको उमेरमा सय मिटर रेसको रेकर्ड तोडिरहेका छन् । १ सय ७ बर्षको उमेरमा मस्तनम्मा युट्युबमा माछा बनाउन सिकाइरहेका छन् ।

बुढो मानिस अक्सर काम गर्न चाहिरहेका छन् । बेलायतको एक उद्यमी पीटर नाइटले चार बर्ष पहिले ‘फोर्टिज पिपुल्स’ नामको एक रिक्रुटमेन्ट कम्पनि खोलेका थिए । उनले अनुभवी पाको व्यक्तिलाई रोजगारी दिइरहेका छन् । नाइट भन्छन्, ‘धेरै उमेरको कुनै सीमा छैन । मेरो एक क्लाइन्टको उमेर ८२ बर्षको थियो र उनले ९४ बर्षका एक व्यक्तिलाई पनि काममा राखेका थिए ।’

९४ बर्षका एक व्यक्ति एकै कम्पनीबाट तीन पटकसम्म रिटायर भइसकेका थिए । उनको कम्पनी रायस मरीन्सको रेकर्डस्को रेखदेख गर्थे । रिटायर भएपछि उनी अक्सर आफ्ना सहकर्मीसँग भेटघाट गर्न पुग्थे र त्यहाँ उनको हात बटार्न लाग्थे । यसरी उनी दोस्रो पटक काम सुरु गर्थे । कम्पनीले उनलाई केही पैसा दिने निर्णय ग¥यो, ताकि उनी घर फर्कदा खुसीसाथ फर्कियोस् ।

केही काम यस्तै हुन्छ, जसलाई छाड्नै सकिदैन । ९२ बर्षको ब्रिटिश टेलिभिनज प्रस्तोता सर डेभिड एटनबरो बीबीसीका लागि वन्य जीवमा टेलिभिजन कार्यक्रम बनाउँथे । सर एटनबरोको पुरा अपेक्षा छ कि, उनी १ सय बर्षसम्म यही काम गर्न सकोस् ।

जेन फाल्किंघम जराविज्ञानी हुन् र साउथैम्पटन युनिभर्सिटीका सेन्टर फर पपुलेन चेनका निर्देशक हुन् । उनी भन्छन्, ‘बेलायतमा अब अनिवार्य रुपले रिटायरमेन्टको कुनै उमेर छैन । शिक्षा क्षेत्रमा ७० बर्ष पार गरिसकेका पनि लेक्सचर दिइरहेका छन् । मेरो फ्याकल्टीका सबैभन्दा बुढो प्रोफेसर करीब ७५ बर्षका हुन् ।’

डाक्टर फ्रैकलेन्डका लागि काम गरिरहनु एक व्यावहारिक निर्णय थियो । १०६ बर्षका उमेरमा उनी यस्तो केही काम गर्न पाएका छैनन्, जो उनको रुचीको विषय थियो, जस्तो कि बागवानी । यसैले उनी धेरैभन्दा धेरै पढ्छन् । यस उमेरमा उनी वैज्ञानिक रिसर्च पढ्ने गर्थे ।

‘फोर्टिज पिपुल्स’ मा पीटर नाइट कु्न कामका लागि मानिसलाई रोजगारीमा राखिन्छ, यसको कुनै निश्चित ढाँचा छैन । उनी भन्छन्, ‘पछिल्लो केही हप्तामा तीन प्रेस कम्पनीले हामीसँग सम्पर्क गरेको थियो । उनले रिसेप्सन र एचआरका लागि नवजवान व्यक्तिको लागि कामदार राखेको थियो । तर, उनीहरु भरपर्दो थिएनन् । त्यही कारण उनले अनुभवी मानिसलाई काममा राख्ने निर्णय ग¥यो, ताकि उनीहरु आफ्नो काममा ध्यान दिन सकोस् ।’

जुन व्यक्तिको काममा शारीरिक श्रमको बढी आवश्यक हुन्छ, त्यहाँ लगातार काम गरिरहनु चुनौतीपू्र्ण हुन्छ । तर फाल्किंघम भन्छन्, ‘प्रविधि बद्लिइरहको छन् र त्यसले हाम्रो कामलाई बदल्दैछन् । धेरै जटिल काम अब यन्त्रले गर्न थालेको छ । यो परिवर्तन मानिसलाई लामो समयसम्म काम गर्नका लागि सहायक भएको छ ।’

सय बर्ष पुगेका व्यक्तिहरु तुलनात्मक रुपमा स्वास्थ्य हुने बताइन्छ । एक नयाँ सोधबाट थाहा भएको छ कि, २० बर्ष कान्छो मानिसको तुलनामा उनीहरु कम रोगले ग्रसित छन् । मानसिक रुपले पनि सजग छन् । यो सही हो कि, उमेरसँगै केही क्षमता घट्छ । तर, वर्षौको कामको क्रममा हामी जुन कौशल र ज्ञान आर्जित गर्छौ, त्यो निखारिएर आउँछ ।

सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा न्युयोर्कमा भोट दिने १ सय बर्षका मानिसहरुमा वैज्ञानिक अध्ययन गरिएको थियो । उनीहरुमा पाइयो कि, उनीहरुमा बुढ्यौलीको एकमदम कम लक्षण छ र उनीहरुको मस्तिष्क उत्कृष्ट ढंगले काम गरिरहेको छ ।

केही मानिसहरु यस्तो सोच्छन् कि, चाढै अवकास लिनु स्वास्थ्यका लागि राम्रो हुन्छ । तर, केही पटक काम छाड्दाको उल्टो असर पनि पर्छ । अष्ट्रियामा अफिसमा काम गर्ने मानिसहरुमा गरिएको एक शोधबाट थाहा भयो कि, जसले साढे तीन बर्षअघि अवकास लिएका थिए, उनमा ६७ बर्षको उमेरसम्म मृत्यु हुने संभावना १३ प्रतिशत बढी पाइयो । खासगरी उनीहरु एकाकी जीवन विताइरहेको र शारीरिक एवं मानसिक रुपले निस्क्रिय रहेको अवस्था थियो ।

जापानको ओकिनावा सय बर्ष पुरा गर्ने जनसंख्याका लागि चर्चित छ । एक अनुमान अनुसार यहाँ हरेक २००० मा एक व्यक्ति १ सय बर्षका छन् । ओकिनावको मानिसको लामो उमेर र उनको जीवनशैलीमाथि केही अध्ययन भएको छ । त्यसबाट थाहा भएको छ कि, त्यहाँका व्यक्ति एक औसत अमेरिकीको तुलनामा कम क्यालोरीयुक्त खाना खान्छन् । धेरे सब्जी सेवन गर्छन् र धेरैभन्दा धेरै काम गर्छन् ।

त्यहाँका बासिन्दाको लागि अवकास भन्ने शब्द नै छैन । स्थानिय वासिन्दा खेती गर्दै, माछा मार्दै हुर्किन्छन् । र, जीवनको आखिरी दिनसम्म उनीहरु काममै तल्लिन रहन्छन् । पाको व्यक्ति इकिगाईको एक नियम सबैले मान्छन्, जो हरेक विहान उठेर काम गर्न प्रेरणा दिइरहेका हुन्छन् ।

ओकिनावा संभवत यस्तो एक्लो द्वीप हो, जहाँ सय बर्षभन्दा पाको व्यक्तिको आफ्नै म्युजिक व्यान्ड पनि छ । केबीजी ४८ नामको यो ब्यान्डले जापान टुर समेत गर्ने गर्छन् । यसको सदस्य बन्नका लागि पहिलो सर्त यो हो कि, व्यक्ति कम्तिमा ८० बर्ष पुगेको हुनुपर्छ ।

त्यहाँका पाको व्यक्ति त्यती लाचार छैनन्, जति उनीहरुको बारेमा सोचिन्छ । उनीहरुसँग गर्नका लागि थुप्रै कुरा छन् । प्रश्न छ कि, के उनीहरुलाई कसैले काम दिइरहनु पर्छ ?

पीटर नाइट भन्छन् कि, ‘भविष्यमा बुढो व्यक्तिहरुको संख्या बढ्नेछ । नयाँ पीढीको तुलनामा बुढाहरु फाइदाको स्थितीमा छन् । उनीहरुसँग आफ्नो अनुभव, खुवी, दक्षता र परिपक्कता हुन्छ । उनीहरु कुनैपनि काम उत्कृष्ट ढंगले गर्न सक्छन् ।

चुनौती पनि कम छैन, नाइट भन्छन् कि, उनको केही ग्राहकले पाको उमेरका व्यक्तिलाई जागिरमा यसकारण राख्दैनन् कि, उनीहरु यति सिपालु थिए कि काम दिलाउनेलाई नै उनीहरुले छुटी दिनसक्थे । उदाहरणका लागि, एक महिलाले आफ्ना सिनियरको छुटीमा आएको केही समस्यालाई सफलतापूर्वक पाखा लगाइदिए । तर, उनको कामबाट खुसी हुनुको बदलामा उनलाई कामबाट निकालियो । यस्तो किनपनि गरियो भने, अफिसमा बोसभन्दा ति महिला बढी लोकप्रिय हुने देखियो ।

स्वभाविक रुपमा बुढो हुनु एक समस्या हो । नाइट भन्छ्न्, ‘यदि तपार्ईं कुनै कम्पनी वेबसाइट हेर्नुभयो भने, त्यसमा आफ्नो टिमलाई युवा देखाउन खोजिएको हुन्छ । बुढो टिम कसैले देखाउन चाहँदैन ।’

जापानले बाटो देखाइसकेको छ कि, त्यहा आयु लामो हुँदैछ र जन्म दर कम हुँदैछ । पुरा जनसंख्यामा करीब एक तिहाइ हिस्सा ६५ बर्षभन्दा धेरै छ । जापान सरकारले ति कम्पनीलाई प्रोत्साहित गर्न सुरु गरेको छ कि, जसले पाको श्रमिकलाई काम दिइरहेका छन् । सरकारी पेन्सनको न्युनतम योग्यता बढाएर ७० बर्ष पु¥याउनेमा सोचविचार गरिरहेको छ ।

सौन्दर्य प्रसाधन बनाउने कम्पनी पोलासँग १५ सय कर्मचारी छ । यसमा धेरैजसो ७०, ८० र ९० बर्षका महिला छन् । उनीहरुले लामो समयमा बलियो ग्राहकको आधार बनाए र पाको उमेरका कर्मचारी टिम नवजवानले भन्दा उत्कृष्ट ढंगले काम गरिरहेका छन् ।

फ्रैंकलेन्डलाई १ सय ६ बर्षको उमेरमा काम गर्न कस्तो लाग्यो ? उनी भन्छन्, ‘बढ्दो उमेरमा केही शारीरिक समस्या छ । बहिरापन त्यसमध्ये एक हो । कुनैपनि सामाग्री सम्हाल्न मुश्किल छ । पत्रपत्रिका खोज्न पनि गाह्रो छ । शारीरिक रुपले एकदमै काम गर्छु । पहिला मलाई सबै कुरा हुन्छ भन्ने बानी थियो, अहिले हुन्न भन्न सुरु गरेको छु ।’ डाक्टर फ्रैकलेन्डको मानसिक क्षमता यसभन्दा एकदम फरक छ ।

केही नगरी बुढ्यौली उमेर विताउन पक्कै पट्यारलाग्दो र गाह्रो छ । धेरैका लागि खराब स्वास्थ्यका कारण ६५ उमेरपछि काम गर्न संभव भइरहेको छैन । तर, बुढ्यौली उमेरमा आर्जन गरेको सीप, क्षमता, खुवी, अनुभवलाई समुचित ढंगले उपयोग गर्नका लागि उनीहरुलाई रोजगार दिलाउने अभ्यास भने अब हुनेछ । र, हुनैपर्नेछ ।

बिबिसीबाट  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment