Comments Add Comment

चन्द्रागिरिमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

अस्पताल अगाडि मृतकका आफन्त र सर्वसाधारणको भिड । तस्वीर सौजन्य : रोशन दानी

२ माघ, काठमाडौं । चन्द्रागिरि नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

दुर्घटनामा तारकेश्वर नगरपालिका–३ का १२ वर्षीय अमृत देवकोटको उपचारको क्रममा ओम समाज अस्पतालमा मत्यु भएको महानगरीय प्रहरी बृत्त, थानकोटका डिएसपी मोहन खाँणले बताए ।

चन्द्रागिरि–५ स्थित दाउरा डिपो नजिकै थानकोटबाट कलंकी जाँदै गरेको प्रदेश नं ३–०२–००९ प ८४४८ नम्बरको मोटरसाइकलले अमृतलाई ठक्कर दिएको थियो ।

उनको उपचारको क्रममा ओम समाज अस्पतालमा निधन भएपछि मृतकका आफन्तले कंलकी नागढुङ्गा सडकखण्डमा अबरोध गरेका थिए । विवाद बढ्न सक्ने देखिएपछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सडक खुलाएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार २३ वर्षीय सुन्दर सदा शंकर र २३ वर्षीय सुदिप बस्नेत समेत गम्भीर घाइते भएका छन् ।

आफन्तले उपचारमा अस्पतालले लारबाही गरेको भन्दै शवसमेत बुझ्न मानेका थिएनन् । तर, अस्पताल र आफन्तबीच हालै समझदारी भएको कालिमाटीका डीएसपी अपिलराज बोहोराले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment