+
+

‘सिमेन्ट र डण्डीको कमल चाहिँदैन’

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ माघ २ गते १५:३९

२ माघ, काठमाडौं । पुरातात्विक महत्वको कमलपोखरी पुननिर्माणमा कंक्रिट प्रयोग गरिएको भन्दै अभिन्याताहरुले विरोध गरेका छन् ।

‘हाम्रो माटो, हाम्रो पानी, प्राणभन्दा प्यारो छ’ भन्दै उनीहरुले कमलपोखरीको माटो अनुहारमा दलेका थिए । ‘डियर मेयर, सिमेन्ट र डण्डीको कमल हामीलाई चाहिँदैन’, ‘डियर मेयर, रानीपोखरीबाट पाठ नसिकेकोमा हामी लज्जित छौं’ जस्ता नारा लेखिएको प्ले कार्ड समेत बोकेका थिए ।

प्राकृतिक सिमसार भएको कमल पोखरी पुनर्निर्माणको क्रममा कंक्रिटको प्रयोग गरिएको छ । काठमाडौं महानगरपालिकाले बनाएको गुरुयोजनाअनुसार पोखरीको मध्य भागमा कंक्रिटको फूल राखिनेछ ।

महानगरपालिकाले रानीपोखरीमा पनि कंक्रिट नै प्रयोग गरेको थियो । तर अभियन्ताहरुले विरोध गरेपछि रानीपोखरी पुनर्निर्माणको जिम्मा महानगरबाट खोसिएन मात्र, पुरानै स्वरुपमा पुनर्निर्माण गरिएको छ ।

तर महानगरले भने रानीपोखरी पुनर्निर्माणबाट पाठ सिक्न नसकेको अभियान्ताहरुले बताएका छन् ।

 

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?