Comments Add Comment

चोरीको आरोपमा दुई जना पक्राउ

२ माघ, विराटनगर । पोखराबाट फोटोग्राफीका लागि मोरङ पुगेका एक व्यक्तिको सामान चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । फोटोग्राफीका लागि पोखराबाट बोलाएका युवकको सामग्री चोरी गरेको आरोपमा झापाका दुईजना युवकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार अर्जुनधारा नगरपालिका–६ महानन्द चोकका २० वर्षीय अनुप ढकाल र सोही स्थानका २० वर्षीय सारांश भट्टराई पक्राउ परेका हुन् ।

उनीहरुले चार हजार रुपैयाँ एडभान्स दिएर पोखरा महानगरपालिका–२० घर भई योर डिजिटल फोटो स्टुडियो सञ्चालन गरिरहेका विमल कार्कीलाई विराटनगर बोलाएको थियो । फेसन शो मा फोटोग्राफीका लागि भन्दै बोलाएका उनीहरु सामान चोरी गरी फरार भएका थिए ।

२४ पुसमा ई–सेवामार्फत चार हजार रुपैयाँ पेश्की पठाएपछि विराटनगर आएका थिए । २५ गते विराटनगर आइपुगेका विमललाई दुई युवकले मोरङको बूढीगङ्गा–१ स्थित आरएन होटल एण्ड लजमा राखेका थिए । होटलको कोठामा फोटोग्राफीसम्बन्धी सम्पूर्ण सामग्री राख्न लगाएर खाना खानका लागि भन्दै इटहरीको प्राइम होटलमा छाडेका थिए ।

विमललाई होटलमै छाडेर सामान लिएर फरार भएपछि प्रहरीमा उजुरी परेको थियो । उजुरीको आधारमा प्रहरीले उनीहरुलाई घरबाटै बिहीबार साँझ नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेकाहरुको साथबाट ल्यापटप १ थान, झोला ७ थान, क्यामरा ३ थान, क्यामरा लाइट ब्याट्री ५ थान, चार्ज गर्न मिल्ने ब्याट्री ६ सेट, मेमोरी कार्ड ६ वटा , ड्रोन १ थान, क्यामरा ब्याट्री ६ थान, रिफ्लेक्टर १ थान, माइक २ थान, पावर बैंक ३ थान, ट्रिगर २ थान र लाइट १ थान बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment