Comments Add Comment

जुवाखालबाट पक्राउ परे रुकुम पूर्वका जिसस प्रमुख ओली

२ माघ, सुर्खेत । जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँचजना जुवाखालबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओलीसहित पृथा उत्तरगंगा गाउँपालिका–५, रुकुम पूर्वका २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका–१० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७ का ४२ वर्षीय लिलबहादुर पुन र मुसीकोट नगरपालिका–१ का ३७ वर्षीय कमल गिरीलाई पक्राउ गरिएको रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए ।

मुसीकोट नगरपालिका–१, रुकुम पश्चिमको पातुखोबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको उनले बताए । उनीहरु पातुखोलास्थित भरत घर्तीमगरको घरमा जुवातास खेलीरहेका थिए ।

उनीहरुको साथबाट २५ हजार २०० रुपैयाँ र तीन गड्डी ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई थप अनुसन्धान भैरहेको र कानुनबमोजिम कारबाही गरिने प्रहरी निरीक्षक शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment