३ माघ, कपिलवस्तु । जनता समाजवादी पार्टीका नेता केशव झाले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता समाप्त पार्ने खेलमा लागेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा जसपाले तौलिहवामा गरेको कार्यक्रममा नेता झाले संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम भएको बताए । ‘सर्वोच्च अदालत हाम्रो एक मात्र आशा र भरोसाको केन्द्र हो’ उनले भने, ‘संविधानको मर्म अनुरुप संसद पुनर्स्थापना हुन्छ भने हाम्रो विश्वास हो ।’
कोरोनाको महामारीको बेला खोपको जोहो गर्न छोडेर राजनीतिक अस्थिरता कायम गर्न खोज्नु प्रधानमन्त्री ओलीको गैरजिम्मेवारीपनको पराकाष्ठा भएको उनले बताए । नेता झाले अघि भने, ‘प्रधानमन्त्री संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा अग्रसर छन् यसलाई हामी किमार्थ स्वीकार गर्न सक्दैनौं ।’
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4