+

पीएम कपमा शतक प्रहार गर्ने बागमती प्रदेशका खेलाडीले १० हजार पाउने

२०७७ माघ  ४ गते ८:१५ २०७७ माघ ४ गते ८:१५

३ माघ, काठमाडौं । बागमती प्रादेशिक क्रिकेट संघले काठमाडौंमा शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा शतक बनाउने आफ्ना प्रदेशका खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ ।

संघले पीएम कपमा शतक हान्ने खेलाडीलाई १० हजार र अर्धशतक प्रहार गर्ने खेलाडीलाई ५ हजार दिने संघका सचिव दुर्गाराज पाठकले जानकारी दिए । यस्तै खेलमा ५ विकेट लिने खेलाडीलाई ५ हजार र ३ विकेट लिने खेलाडीलाई ३ हजार दिने संघले जनाएको छ ।

यस्तै संघले आफ्नो प्रदेश टिमको हरेक खेलाडीको प्रतियोगिता अवधिभर ५ लाख बराबरको बिमा पनि गरेको जनाएको छ ।

यसैगरी बागमती प्रदेश खेलकुद विकास परिषद्ले बागमती प्रदेशको टिममा रहेका खेलाडीलाई ट्रयाकसुर्टसमेत प्रदान गरेको छ । साथै खेलाडीलाई प्रत्येक म्याचको २ हजार भत्तासमेत प्रदान गर्ने जनाएको छ ।

यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान र बागमती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्ल बागमती प्रदेश खेलकुद परिषदको सदस्य नियुक्त भएका छन् । बागमती प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयले मल्लाई पाँच वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो ।

यसअघि नै मल्लाई सदस्य पदक नियुक्त गरिसके पनि शनिबार त्रिवि मैदानमै पुगेर बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सूर्य भण्डारीले मल्लाई नियुक्ति पत्र प्रदान गरेको हो ।

ज्ञानेन्द्र मल्ल, पारस खड्का, पृथु बास्कोटा, इशान पाण्डे जस्ता राष्ट्रिय खेलाडी रहेको बागमती प्रदेश पीएम कपको समूह बी मा छ । बागमतीले आफ्नो पहिलो खेल आइतबार विभागीय टोली नेपाल पुलिससँग कीर्तिपुरस्थित त्रिवि मैदान खेल्नेछ ।

बागमतीको टोली 

ज्ञानेन्द्र मल्ल (कप्तान), पृथु बास्कोटा (उपकप्तान), पारस खड्का, इशान पान्डे, रामनरेश गिरी, दीपेश श्रेष्ठ, आकाश थापा, आदिल खान, विभत्सु थापा, गौतम केसी, अरियो पौडेल, तिलकराज भण्डारी, बिपिन आचार्य, नन्दन यादव ।

पीएम कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय