Comments Add Comment

पीएम कप : अनिलको अर्धशतक, आर्मीले कर्णालीलाई दियो १९६ रनको लक्ष्य

४ माघ काठमाडौं । अनिल मण्डलको ८९ रन मद्दतमा त्रिभुवन आर्मीले प्रधानमनत्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई १९६ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले टस जितेर पहिले ब्याटिङ गर्दै ४३.१ ओभर सबै विकेट गुमाएर १९५ रन बनाएको हो ।

अनिलले ११४ बल खेल्दा १४ चौका प्रहार गर्दै ५६ रन बाउण्ड्रीबाट मात्रै जोडेका थिए ।

यस्तै कप्तान विनोद भण्डारीले ४१ रन जोडे ।

बलिङमा कर्णालीका दिनेश अधिकारी, राज शाह र दिवान पुनले २-२ विकेट लिए ।

आर्मीले पहिलो खेलमा गण्डकीलाई ९८ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment