Comments Add Comment

धर्मेन्द्र बास्तोलालाई एक साता हिरासतमा राख्न अनुमति

सँगै समातिएका दुई नेतामाथि बास्तोलाई भगाउन खोजेको आरोप

२ माघ, काठमाडौं । विप्लव समूहका पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’विरुद्ध अनुसन्धानका लागि प्रहरीले ६ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला अदालत, ललितपुरले अनुसन्धानका लागि एक साता हिरासतमा राख्न अनुमति दिएको हो ।

महानगरीय प्रहरी परिसर, ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले अनलाइनखबरलाई बताएअनुसार बास्तोलासँगै पक्राउ परेका विवेक कुमाल र रोजन रखालविरुद्ध पनि एक साताकै म्याद थप भएको छ ।

यो पनि पढ्नुस्-

विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला पक्राउ

प्रहरीले बास्तोलाविरुद्ध तीनवटा कसुरमा अनुसन्धान अघि बढाएको छ । नख्खुमा एकजनाको मृत्यु र दुईजना घाइते हुने गरी २०७५ साल फागुनमा भएको बम विष्फोटनमा पनि उनीमाथि अनुसन्धान भइरहेको छ । त्यसवेलाको मुद्दामा उनी प्रतिवादी बनाइएका थिए ।

थेचोमा ९ चैत ०७७ मा भएको विष्फोटनमा पनि उनी प्रतिवादी थिए । त्यस्तै, ललितपुरबाट चन्दा असुलीको आरोपमा पक्राउ परेका प्रेम दर्नालले समेत बास्तोलाको नाम लिएको प्रहरीको भनाइ छ । त्यसमा पनि बाँस्तोलाविरुद्ध अनुसन्धान जारी रहेको भनिएको छ ।

बाँस्तोलाविरुद्ध प्रहरीले बम विष्फोटन, हातहतियार तथा खरखजाना, चन्दा असूली, आपराधिक लाभ, राज्यविरुद्धको कसूर र संगठित अपराधको अभियोग लगाएको छ भने उनीसँगै बिहीबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट समातिएका अन्य दुई नेतालाई भने अदालतबाट वारेन्ट जारी भएको अभियुक्तलाई भगाउने प्रयास गरेको अभियोग लगाइएको छ ।

बिहीबार प्रहरीले अपरेशन चलाइरहेका वेला कुमाल र रखालले बास्तोलालाई भगाउने प्रयास गरेको एसएसपी बज्राचार्य दाबी गरिन् । त्यसैले मुलुकी अपराध संहितामाको दफा १०२ मा भएको कसुर अनुसार दुवै जनाविरुद्ध अनुसन्धान भइरहेको उनले बताइन् ।

विप्लव समूहले भने बास्तोलाको पक्राउविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

यो पनि पढ्नुस्-

धर्मेन्द्र समातिँदा फुत्किए प्रकाण्ड र पुन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment