Comments Add Comment

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

२८ पुस, काठमाडौं । विप्लव समूहका पश्चिम कमाण्ड इञ्चार्ज धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । बाँस्तोला समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले अपरेशन जारी रहेको बताउँदै पक्राउ परेका व्यक्तिहरुबारे खुलाएनन् ।

बाँस्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड निकट नेता विवेक कुमाल पनि पक्राउ परेका छन् । ललितपुरको विकट क्षेत्रमा कुमालको उपस्थिति देखिएपछि प्रहरीले प्रकाण्डसमेत त्यहाँ हुनसक्ने आशंका गरेको थियो । यद्यपि, बाँस्तोला र कुमाल मात्रै भेटिएको प्रहरी स्रोतको भनाइ छ ।

यो पनि पढ्नुहोस धर्मेन्द्र समातिँदा फुत्किए प्रकाण्ड र पुन ?

उनीहरुको साथबाट केही महत्वपूर्ण दस्तावेज र विद्युतिय सामग्रीहरु बरामद भएको भनिएको छ । सरकारले २८ फागुन २०७५ मा समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता समूहका विभिन्न तहका नेता पक्राउ पर्ने क्रम जारी छ ।

तर, समूहका नेताहरुलाई कारबाही गर्न छुट्टै ऐन नहुँदा अदालतबाट नेताहरु छुट्ने गरेका छन् ।

संसद विघटन र मध्यावधि निर्वाचन घोषणापछि सरकारविरुद्ध जनआक्रोश सिर्जना भइरहेका वेला समूहले गतिविधि बढाएको निष्कर्ष सुरक्षा संयन्त्रको छ । त्यसैले समूहमाथिको निगरानीलाई सुरक्षा निकायले थप बढाएको छ ।

समूहले सडकमा प्रदर्शनरत अन्य समूहसँग पनि सहकार्य गरेर गतिविधि बढाउन सक्ने आँकलन सुरक्षा सम्बद्ध अधिकृतहरुको छ ।

यो पनि पढ्नुस्

सिंहदरबारबाट विप्लवलाई हेर्ने बेग्लाबेग्लै नजर !

चन्दा असुलीमा केन्द्रित, हिंसातर्फ उन्मुख

विप्लव समूह व्यक्तिहत्याको बाटोमा लागेको हो ?

माइलाको गिरफ्तारीले वार्ता बिथोलिँदैन : सरकार

विप्लव समूह कति बलियो ? के छ जासुसी संयन्त्रको विश्लेषण ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment