+
+
Shares

छोटो फिल्म ‘एक लभर’ रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ४ गते १४:५८

छोटो चलचित्र ‘एक लभर’ सार्वजनिक गरिएको छ । नेपालका युवायुवतीहरुको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा निम्त्याएको विषयलाई उठान गरेको चलचित्रलाई सञ्चारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेका हुन् ।

निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखन रहेको चलचित्रमा दुर्गाप्रसाद ज्ञवालीको लगानी छ । ३० मिनेटको चलचित्रमा शाहिल खान, अनुपमा भण्डारीले शीर्ष भूमिका निर्वाह गरेका छन् ।

त्यस्तै सरु माझी, राज थापा क्षेत्री, सायसा बायलकोटी लगायतको अभिनय छ । निर्देशक ज्ञवालीले यसअघि ‘डार्क मुन’, ‘लकडाउन’ लगायतका छोटो चलचित्र सार्वजनिक गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?