+
+

प्रदेश २ मा सोमबार सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ४ गते १५:१८

४ माघ, जनकपुरधाम । प्रदेश २ मा सोमबार सार्वजनिक बिदा हुने भएको छ । मधेश आन्दोलन स्मृति दिवस मनाउन भन्दै प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको हो ।

प्रदेश २ सरकार गठन भएपछि मधेश आन्दोलन स्मृति दिवस मनाइँदै आएको छ । पहिलो स्मृति सिराहाको लहानमा, दोस्रो स्मृति दिवस पर्साको वीरगञ्जमा मनाइएको थियो ।

यस पटकको मधेश आन्दोलन स्मृति दिवस प्रदेशको अस्थायी राजधानी जनकपुरधाममै मनाइने भएको छ ।

२०६३ साल माघ ५ गते सिराहाको लहानमा विद्यार्थी रमेश महतोको गोली प्रहारबाट ज्यान गएपछि मधेश आन्दोलन उग्र बनेको थियो । यही दिनको स्मरणमा प्रत्येक वर्ष मधेश बलिदानी दिवस मनाइँदै आएको छ । तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) को सरकार बनेपछि सरकार आफैंले मधेश आन्दोलन स्मृति दिवस मनाउन सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?