Comments Add Comment

भारतमा एकैदिन करिब दुई लाखले लगाए कोरोना खोप

४ माघ, काठमाडौं । भारतमा शनिबार एकैदिन एक लाख ९१ हजारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना खोप कार्यक्रमको पहिलो दिनमा तीन हजार ३५१ सेसन भएको थियो । जसमा सेरम इन्स्टिच्युटले उत्पादन गरेको अक्सफोर्ड युनिभर्सिटीको कोरोना खोप कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन दुवै खोपको प्रयोग गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयले खोप लगाएपछि देखिएको साइडइफेक्टको कारण कसैलाई पनि अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था नआएको दाबी गरेको छ । यद्यपि खोप लगाएका केही मानिसहरुलाई यसको साइडइफेक्ट देखिएको पुष्टि गरेको छ । भारतको दिल्लीमा कोरोना खोप लगाएपछि केही मानिसहरुलाई एलर्जीको समस्या देखिएको थियो ।

भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार अहिले साइडइफेक्ट देखिएका मानिसहरुलाई निगरानीमा राखिएको मन्त्रालयले बताएको छ । अधिकारीहरुले खोप अभियानको अघिल्लो दिन केही प्राविधिक समस्या देखिएको भए पनि त्यसको समाधान गरी खोप कार्यक्रम सुरु गरिएको बताएका छन् । भारत सरकारको योजनाअनुसार पहिलो सरसफाइकर्मी, डाक्टर र नर्सहरुलाई कोरोना खोप दिने काम भइरहेको छ । जसले कोरोना महामारीमा अग्रपंक्तिमा रहेर काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment