+
+
Shares

बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ५ गते १५:१७
प्रतीकात्मक तस्वीर

५ माघ, बुटवल । रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–१२ का २८ वर्षीय होमबहादुर विक रहेका छन् । कोटिहवामा पाँच वर्षीया बालिका बलात्कारको आरोपमा होमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

अनुसन्धानको क्रममा होमबहादुरले आफ्नो अपराध स्वीकार गरेको उनको भनाइ छ । थापाका अनुसार माघे संक्रान्तिका दिन पसलमा जाँदै गरेकी बालिकालाई होमबहादुरले बाटोबाट झाडीतर्फ लगेर जबरजस्ती करणी गरेका थिए । बालिकालाई खोजी गर्ने क्रममा झाडीमा बेहोस अवस्थामा फेला पारिएको थियो ।

बालिकाको अहिले काठमाडौंमा उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको डीएसपी थापाले बताए । अभियुक्त होमबहादुर तिलोत्तमा नगरपालिका–१३ बभनीको पशु फार्ममा मजदुरी काम गर्दै आएका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?