Comments Add Comment

एटीएम मेसिन फोडेर चोरी गर्न खोज्ने एकजना पक्राउ

५ माघ, काठमाडौं । काठमाडौंको ठूलोभर्‍याङस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फोडेर रकम चोरी गर्न खोज्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको महादेवस्थान गाँउपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने २८ वर्षीय कमलबहादुर धानुक रहेका छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका-२ ठूलोभर्‍याङस्थित उक्त बैंकको एटीएम फोड्दै गरेको अवस्थामा सोमबार उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए ।

विष्टका अनुसार उनको साथबाट एटीएम मेसिन फोड्न प्रयोग गरिएका १ थान पाइप रेन्ची, १ थान  हथौडा र १ थान पिलास बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment