Comments Add Comment

आइस क्लाइम्बिङ फेस्टिवल मनाङ र खुम्बुमा हुने

५ माघ, काठमाडौं । साहसिक खेलकुदको एक विधाको रुपमा रहेको आइस क्लाइम्बिङको फेस्टिवल हुने भएको छ ।

मनाङको हुम्दे र सोलुखुम्बुक थामेमा आइस क्लाइम्बिङ फेस्टिवल आयोजना हुने सोमबार नेपाल पर्वतारोहम संघले आयोजना गरेको एक पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

मनाङमा तेस्रो पटक आइस क्लाइम्बिङ फेस्टिवल आयोजना हुन लागेको हो । यस्तै खुम्बुस्थित थामेमा भने पहिलो पटक यो फेस्टिवल हुन गइरहेको छ ।

मनाङको हुम्देमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि यस फेस्टिवललाई निरन्तरता दिन लागिएको हो । कोभिड १९ ले पर्यटन गतिविधि थिलोथिलो भएको अवस्थामा हुम्देमा हुने फेस्टिवलमा नेपालीहरुलाई मात्र समावेश गरिने नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङले बताए ।

हुम्देमा फेब्रुअरी १ देखि १० सम्म आइस क्लाइम्बिङ फेस्टिवल आयोजना हुनेछ । पर्वतारोहण संघ र नेपाल क्लाइम्बिङ टिमको सहकार्यमा यो फेस्टिवल आयोजना हुनेछ । यस्तै हुम्देमा स्थानिय कम्युनिटी र स्थानिय गाउँपालिकाले यसलाई सहयोग गर्ने भएका छन् ।

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीव गुरुङ पनि आफूले सक्ने खालको सहयोग गर्न तयार रहेको बताए ।

१० दिने यस फेस्टिवलमा आर्चरी स्किङ लगायत विभिन्न अन्य गतिविधिहरु समेत समावेश रहेको कुल बहादुर गुरुङले बताए ।

नेपाल क्लाइम्बिङ टिमका महासचिव विष्णु गुरुङले विगयतको दुई वर्ष फेस्टिवल सफल रुपमा आयोजना भएको भन्दै लगातार तेस्रो पटक यसको आयोजना गर्न लागिएको बताए ।

यस्तै पर्वतारोहण संघका महासचिव गुरुङले यस पटक क्लाइबिङ प्रतियोगिता नै गर्ने सोच भएपनि कोभिड महामारीले गर्दा यस पटक त्यो सफल हुन नसकेको बताए । ‘आइस क्लाइम्बिङ फेस्टिवल सफल भएपछि आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगिता गराउने लक्ष्य छ ।’ गुरुङले भने । यस पटक कोभिड गर्दा भिजा रेस्ट्रिक्सन र क्वारेन्टिन बस्नुपर्ने भएकोले हाङ्गीले विदेशीलाई समावेश गर्न सकेका छैनौं । हाम्रो लक्ष्य भनेको क्लाइम्बिङलाई साहसिक स्पोर्ट्सको रुपमा विकास गर्ने हो ।

नेपाल क्लाइम्बिङ टिमका महासिचव विष्णु गुरुङले हुम्देपछि क्लाइम्बिङ फेस्टिवल फैलँदै गएको र थामेमा पनि हुन लागेको भन्दै खुशी व्यक्त गरे ।

यही जनवरी २२ देखि २९ सम्म खुम्बु पासाङल्हामु गाउपालिका वडा नम्बर ५ थामे क्षेत्रमा अवस्थित हुङ्गो आइस क्लाइम्बिङ स्पट र साम्दे रक क्लाइम्बिङ स्पटमा पहिलो पटक थाले भ्याली आइस एण्ड रक फेस्टिवल आयोजना गर्न लागिएको हो ।

यम्बु ठमिछो किदुग र नेपाल परवतारोहण संघको सहकार्यमा थामेमा फेस्टिवल हुन लागेको हो । जहाँ ३० जना प्रशिक्षार्थीहरुलाई नेपाल क्लाइम्बिङ टिमका प्रशिक्षणकहरुले प्रशिक्षण दिनेछन् । प्रशिक्षक र प्रशिक्षार्थी दुवैमा आरोहीहरु समेत रहने पर्वतारोहण संघका महासचिव गुरुङले जानकारी दिए ।

सर एडमण्डहिलारीसगै पहिलो पटक सगरमाथा आरोहण गरेका तेन्जिङ नवर्गे शेर्पा देखि कीर्तिमानी २४औं पटक सगमारथा आरोहण गरिसकेका कामी रिता शेर्पा, स्नो लिओपार्डको नामले चर्चित आङरिता शेर्पा लगायत अन्य कीर्तिमानी र चर्चित व्यक्तिहरु थामे क्षेत्रकै भएकोले अब यस क्षेत्रलाई समेत चिनाउनका लागि फेस्टिवल आयोजना गर्न लागिएको यम्बु ठमिछो किदुगका अध्यक्ष मिङ्मा शेर्पाले बताए ।

तेन्जिङ नोगर्ने शेर्पा र आङ रिता शेर्पाको सम्झनामा र नेपालको पर्वतिय पर्यटन विकासमा टेवा पुर्‍याउने सबैको सम्झनामा उनीहरुको जन्मथलोमा पहिलो पटक आइस क्लाइम्बिङ फेस्टिवल आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

त्यस क्षेत्रका रक र आइसलाई विश्वमाझ प्रवर्द्धन गरी नेपालको पर्वतीय पर्यटन विकासमा थप टेवा पुर्‍याउन र त्यस क्षेत्रका महिला र युवा सहितलाई हिमाल आरोहणका अति आवश्यक आधारभूत सीप र ज्ञान प्रदान गर्नु महोत्सवको मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment