Comments Add Comment

एनआईसी एसियाले करिब ५ दर्जन ऋणीको धितो लिलामी गर्दै

६ माघ, काठमाडौं । एनआईसी एसिया बैंकले करिब ५ दर्जन ऋणीहरुको धितो लिलामी गर्न प्रक्रिया शुरु गरेको छ । एनआइशी एसिया बैंकले मंगलबारमात्रै यति धेरै व्यक्तिहरुको धितो लिलामी प्रक्रिया शुरु गर्न ऋणीको तस्वीर सहित सूचना निकालेको छ ।

करिब २ दर्जन व्यक्तिहरुको धितो लिलामी गर्नका लागि बोलपत्र नै मंगलबार आहृवान गरिसकेको छ भने अन्यलाई ३५ दिने समयसीमा तोकेर बैंकले सूचना निकालेको छ । कर्जा लगानी गर्न मात्रै होइन, उठाउन पनि आक्रामक बैंकको रुपमा चिनिने एनआईसी एसियाले हरेक दिन जसो यस्ता सूचनाहरु निकाल्ने गरेको छ । यस अघि मंगलबारमात्रै पनि यस बैंकले १४ जनाको नाममा ३५ दिने सूचना निकालेको थियो ।

कोरोनाका कारण व्यापार व्यवसाय चौपट भएका बेला पनि एनआइशी एसिया बैंकले धितो लिलामी गरेको गुनासो बढीरहेका बेला पछिल्लो समय बैंकले धमाधम यस्ता सूचनाहरु निकालिरहेको छ । मंगलबार ऋणी साथै जमानीकर्ता समेत करिब २ दर्जन व्यक्तिहरुको तस्वीरसहिते विवरण सार्वजनिक गर्दै उनीहरुको धितो लिलामीका लागि बोलपत्र आहृवान समेत गरेको छ ।

धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्नका लागि बैंकले १५ दिने सूचना निकालेको हो । इच्छुक व्यक्ति तथा कम्पनीले १५ दिनभित्र शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिने बैंकले जनाएको छ । धितोमा रहेको चलअचल सम्पत्ति लिलाम बिक्री नभएमा वा त्यो धितोले पनि ऋण असुली नभएमा ऋणी तथा जमानीकर्ताको अन्य जायजेथाबाट समेत असुल उपर गर्ने बैंकले जनाएको छ ।

क-कसको धितो लिलामी हुँदैछ ?

एनआईसी एसिया बैंकले बर्दियाका प्रेमबहादुर गुरुङको नाममा रहेको बर्दियामामै रहेको ३०४२.३३ र १३७४.११ वर्ग मिटर क्षेत्रफल रहेको जग्गा लिलामी गर्दैछ । बैंकले चितवनका सुनचाँदी व्यवसायी विजय सुनारको नाममा रहेको चितवनमै रहेको जग्गा र झापाकी शिलाकुमारी पोदारको मे १ च ५५७६ नम्बरको गाडि समेत लिलामी गर्दैछ ।

यसैगरी रुपन्देहीका सुन्नर अहिरको रुपन्देही राजनगरको जग्गा, कैलालीका नवीनकुमार श्रेष्ठको चितवनमा रहेको जग्गा समेत लिलामी गर्दैछ । भोजपुरका राम बिक्रम राई र दोलखाका उमेश तामाङको समेत धितो लिलामी गर्न बैंकले सूचना निकालेको छ ।

माथि उल्लेखित धितोबाट असुल उपर नभए ऋणीमात्रै नभएर जमानीकर्ताहरुको नाममा रहेको जायजेथाबटा समेत बैंकले असुल उपर गर्ने बताएको छ । बर्दियाका गुरुङको जमानीकर्ता टिका गुरुङ रहेकी छिन् भने विजय सुनारको बुद्धिमाया बिक, इन्द्बहादुर बिक, उदिक्षा बिक र पूणिर्मा विश्वकर्मा जमानीकर्ता रहेका छन् ।

यसैगरी झापाकी शिलाकुमारीको धनिकलाल पोदार जमानीकर्ता रहेका छन् भने रुपन्देहीका सुन्नर अहिरको विन्द्रावती अहिर र धर्मेन्द्र यादव अहिर जमानीकर्ता रहेका छन् । एनआइशी एसिया बैंकका ऋणी नविनकुमार श्रेष्ठको लक्ष्मी श्रेष्ठ जोशी, राम बिक्रम राईको सुमित्रा राई, कालुमान राई, पवन राई र बिनिता राई जमानीकर्ता रहेका छन् । दोलखाका उमेश तामाङको रञ्जिता लामा र अभिमान सिं तामाङ जमानीकर्ता रहेका छन् । अन्य करिब ३ दर्जनलाई भने एनआईसी एसियाले ३५ दिने समयसीमा तोकेर ऋण चुक्ता गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment