Comments Add Comment

अमेरिकामा बाइडनको शपथ ग्रहणको तयारी, २५ हजार सुरक्षाकर्मी परिचालन

Photo Credit : REUTERS

६ माघ, काठमाडौं । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनले बुधबार राति राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दैछन् । अमेरिकाको वासिङटन डीसीमा त्यसको तयारी पनि भइरहेको छ । यद्यपि बाइडनको शपथ ग्रहण भने यसअघिका राष्ट्रपतिको जस्तो नहुने भएको छ । यसअघिका राष्ट्रपतिको शपथ ग्रहणमा हजारौं मानिसहरु उपस्थित हुने गरेका थिए । तर, यसपटक भने कोरोना महामारीका कारण भिडमा लगाइएको प्रतिबन्धको कारण शपथ ग्रहण समारोहमा उनीहरु उपस्थित हुन पाउनेछैनन् ।

मंगलबार राति हुने बाइडनको शपथ ग्रहण समारोहमा राष्ट्रपति डोनाल्ड ट्रम्प भने उपस्थित नहुने सम्भावना बढी छ । आगामी राष्ट्रपतिको शपथ ग्रहणमा वर्तमान राष्ट्रपति सहभागी नभएको अमेरिकाको १५० वर्षको इतिहासमा यो पहिलो हुनेछ । शपथ ग्रहण समारोहमा कुनै किसिमको अप्रिय घटना हुन नदिन यसपटक सुरक्षा व्यवस्था निकै चुस्त बनाइएको छ । सुरक्षा व्यवस्था कायम गराउन २५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । आन्तरिक आक्रमणकारीहरुबाटै आक्रमण हुने आशंकासहित सुरक्षा व्यवस्था कडा पारिएको हो ।

यसअघि जनवरी ६ मा अमेरिकाको संसद् भजन यूएस क्यापिटलमा भित्र बैठक बसिरहेको अवस्थामा ट्रम्पका समर्थकहरुले हिंसात्मक प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा एक प्रहरीसहित पाँचजनाको मृत्यु भएको थियो ।

बाइडनको शपथग्रहण हुने नेशनल मलअगाडि दुई लाख अमेरिकी झण्डा गाडिएको छ । जसको उद्देश्य कोही मानिसहरु पनि उक्त समारोह हेर्न आउन नसकून् भन्ने हो । साथै उक्त झण्डाले कोरोना भाइरसका कारण अमेरिकामा ज्यान गुमाएका मानिसहरुको पनि प्रतिनिधित्व गर्छन् ।

शपथ ग्रहण समारोहमा कविता वाचनको पनि कार्यक्रम राखिएको छ । यो कविता वाचन ‘निष्ठा र विश्वास’ को कामनाको लागि हुनेछ । लेडी गागाले अमेरिकाको राष्ट्रिय गान गाउनेछिन् र जेनिफर लोपेजले सांगीतिक प्रस्तुती पनि दिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment