Comments Add Comment

ए डिभिजन लिग नहुने, चैतदेखि राष्ट्रिय लिग

६ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउने चैतमा राष्ट्रिय लिग आयोजना गर्ने भएको छ ।

मंगलबार सम्पन्न एन्फाको साधारण सभाबाट यही वर्ष चैतदेखि २०७८ वैशाखसम्म राष्ट्रिय लिग आयोजना गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण यस वर्षको क्यालेन्डर प्रभावित भएकाले राष्ट्रिय लिग ढिला हुने लागेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

ए डिभिजन लिग भने नहुने भएको छ । गत वर्ष रोकिएको बी डिभिजन लिग फागुनबाट सुरु हुनेछ भने चैतमा सी डिभिजन लिग हुनेछ ।

महिला राष्ट्रिय लिग माघ ७ गतेदेखि सुरु हुँदैछ । डबल राउण्ड रोविन लिगमा हुने लिगमा ७ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

एन्फा साधारण सभाले २०७७ को बाँकी प्रतियोगिताको साथै २०७८ को वार्षिक क्यालेन्डर समेत साधारण सभाबाट पारित गरेको छ ।

जसअनुसार माघमा तीन प्रदेशको प्रदेश लिग र फागुनमा एन्फा प्रेसिडेन्ट कप समेत आयोजना हुनेछ ।

यसबाहेक चैतमा जिल्ला लिग हुनेछ भने चैत १ देखि २०७८ वैशाख ७ गतेसम्म फुटसलको छनोट प्रतियोगिता हुने एन्फा प्रवक्ता राईले जनाए ।

यस वर्ष नेपालले अन्तर्राष्ट्रिय खेलहरु समेत खेल्नेछ । सन् २०२२ को कतारमा हुने फिफा विश्वकप छनोट अन्तर्गत नेपाल चैतमा दुई खेलहरु घरेलु मैदानमा खेल्नेछ । समूह बी अन्तर्गत नेपालले चैत १२ गते चाइनिज ताइपेई र चैत १७ गते अष्ट्रेलियासँग दशरथ रंगशालमा खेल्ने कार्यक्रम छ ।

यस्तै एन्फाले फागुनमा फोर नेसन कप आयोजना गर्ने भएको छ । फागुन २२ देखि २९ गतेसम्म फोर नेसन् कप आयोजना गर्ने साधारण सभाबाट पारित भएको छ ।

यस्तै २०७७ सालमै एन्फाले एमसी, एलजिसी र लिग वर्कसर सातवटै प्रदेशमा आयोजना गर्ने भएको छ ।

२०७८ को कार्यक्रम

एन्फाले २०७८ को वार्षिक कार्यक्रम साधारण सभाबाट पारित गरेको छ, जसमा ए डिभिजन लिगसहित विभिन्न राष्ट्रिय प्रतियोगिता, महिलाको फोर नेसन्स कप समेत समावेश रहेको छ ।

२०७८ मा एन्फाले ६ महिना ए डिभिजन लिग गर्ने गरी कार्यक्रम तयार पारेको छ । राष्ट्रिय लिग भने २०७९ मा मात्र हुनेछ ।

 विश्वकप छनोट अन्तर्गत जेठ २४ गते नेपालले घरेलु मैदानमा जोर्डनसँग खेल्नेछ ।

यस्तै महिलाको फोर नेसन्स अन्तर्राष्ट्रिय पुटबल प्रतियोगिता पनि जेठमै आयोजना हुने भएको छ ।

बैशाखमा फुटसल ए डिभिजन लिग आयोजना गर्ने एन्फाले निर्णय गरेको छ । २०७८ मा बी डिभिजन लिग सी डिभिजन लिग सी डिभिजन लिग छनोट जिल्ला लिग प्रदेश लिग एन्फा प्रेसिडेन्ट लिग देखि ललित स्मृति यू-१८ च्याम्पियन्सिप अन्तर नगरपालिका फुटबल प्रतियोगिता पुरुष यू-२२ आयोजना हुने भएको छ ।

यस्तै राष्ट्रिय महिला लिगको पहिलो चरण २०७८ साउन र भदौमा दोस्रो चरण कात्तिक मंसिरमा र अन्तिम चरण पुस माघ र फागुनमा हुनेछ ।

यस्त बाहेक २०७८ मा नेपालको राष्ट्रिय टवद्यी देखि उमेर समूहका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्नेछ ।

नेपालले बंगलादेशमा भदौ २९ देखि असोज ७ सम्म बयोजना हुने पुरुष साफ च्याम्पियनसिप खेल्नेछ ।

यस्तै एएफसी महिला एसिया कप छनोट, साफ यू१९ महिला च्याम्पियनसिप साफ यू१६ महिला च्याम्पियनसिप तथा पुरुष साफ यू १५ र यू१८ च्याम्पियनसिपमा पनि २०७८ मै प्रतिस्पर्धा गर्नेछ ।

 एसियन कप महिला छनोट आयोजना गर्नका लागि एन्फाले बिडिङ समेत गर्ने एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment