
७ माघ, काठमाडौं । सामाजिक सन्जालमा महिलालाई अश्लील भिडियो, फोटो र सन्देश पठाइ यौन उत्पीडन कार्य गर्ने एक युवकलाई नेपाल प्रहरीको साइबर व्यूरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सल्यानको साविक कालागाउँ–३ बाल्ले घर भई हाल कुमाख गाउँपालिका वडा नं. ४ सेराडाँडा बस्ने ३६ वर्षीय रमेश शाही भन्ने रवि शाही छन् ।
उनले एक परिचित महिला साथीलाई फेसबुक म्यासेन्जरमार्फत् अश्लील भिडियो, फोटो तथा सन्देश पठाउने गरेका थिए ।
शाहीले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कसुर गरेको पाइएको हुँदा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइ साइबर व्यूरोको टोली सल्यान पुगेको थियो ।
उनलाई जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा यही माघ ५ गते पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी बरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4