Comments Add Comment

कर्णालीको राजधानी सुर्खेतमा सार्वजनिक यातायात बन्द

सुर्खेतको सिटी बसपार्क

७ माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सार्वजनिक यातायात व्यवसायीले आज सवारीसाधनहरू बन्द गरेका छन् । वीरेन्द्रनगरबाट सञ्चालित आठवटा यातायात व्यवसायीहरूले संयुक्त विज्ञप्ती जारी गर्दै बन्दको घोषणा गरेका हुन् ।

दुई महिना अगाडि मात्रै सञ्चालनमा आएको वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा वीरेन्द्रनगर नगरपालिकाले छलफल नै नगरी दुई ठुला यातायात प्रालिलाई संरचना बनाउन दिएपछि विवाद उत्पन्न भएको हो ।

नयाँ बसपार्कमा काउण्टर नपुगेको भन्ने बहानामा हठाहतपूर्ण तरिकाले २ वटा यातायात प्रालिलाई साविकको काउण्टरको दक्षिणतर्फ आउटडोर काउण्टर सञ्चालन गर्न संरचना निर्माण गर्न दिएपछि अन्य साना यायायात प्रालिले संयुक्तरुपमा विरोध जनाएका हुन् ।

नगरपालिकाले आफैंले बनाएको कार्यविधिविपरीत मध्यपश्चिम यातायात प्रालि र काँक्रेबिहार यातायात प्रालिलाई आउटडोर काउण्टरको संरचना बनाउन दिएको यातायात व्यवसायीहरूको भनाइ छ ।

सिटी बसपार्कभित्र सुर्खेतमा सञ्चालित १२ वटा यातायात प्रालिहरुले गोलाप्रथाको आधारमा काउण्टर सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment