Comments Add Comment

प्रदेश सरकारका विषयमा कांग्रेसले थाल्यो छलफल

कांग्रेस सभापति शेरबहादुर देउवा

७ माघ, काठमाडौं । बागमती र प्रदेश १ सरकारका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश भएको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छलफल थालेको छ ।

प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेकपाको प्रचण्ड–माधव समूहले अविश्वास प्रस्ताव पेश गरेको छ । यी दुवै प्रदेशको सत्ता समीकरणमा कांग्रेस निर्णायक छ ।

ओली पक्ष र प्रचण्ड–माधव पक्षको तानातानमा परिरहेको बेला पार्टी सभापति शेरबहादुर देउवाले बुधबार प्रदेश १ का नेताहरुसँग आफ्नै निवासमा छलफल गरेका छन् । सहभागी एक नेताका अनुसार छलफलमा मुख्य गरी तीन थरी राय आएको छ –

१. अविश्वास प्रस्तावमा मौन बस्ने
२. प्रतिपक्षी दल भएकाले अविश्वास प्रस्तावलाई समर्थन गर्ने र
३. प्रदेश अनुसार विशेषता फरक भएकाले त्यसको निर्णय गर्ने अधिकार सम्बन्धित प्रदेशलाई नै दिने ।

फरक-फरक राय आएकाले प्रदेश १ को विषयमा के गर्ने भन्ने निर्णय आजको बैठकले गर्न सकेन ।

देउवाले आगामी ९ गते प्रदेश ३ का नेता तथा सांसदहरुसँग छलफल गर्ने योजना बनाएका छन् । त्यो छलफलमा आएको रायको आधारमा आगामी १३ गते बस्ने केन्द्रीय कमिटी बैठकबाट ठोस निर्णय गर्ने कांग्रेसको तयारी रहेको एक नेताले बताए ।

प्रदेश १ र बागमती प्रदेशको प्रदेशसभा बैठक आजै बोलाइएको छ । । कांग्रेस मौन बसेर ओली पक्षलाई समर्थन गरेमा अविश्वासको प्रस्ताव फेल हुने छ । यस्तो अवस्थामा थप एक वर्ष नपुग्दै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न पाइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment