७ माघ, काठमाडौं । विभागीय टाेली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पीएम) कप पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेकाे छ । मुलपानी क्रिकेट मैदानमा बुधबार भएकाे खेलमा आर्मीले प्रदेश-१ लाई ४ विकेटले पराजित गरेकाे हो ।
लगातार तेस्राे जितपछि समूह ए मा ६ अंक जाेडेकाे आर्मी सेमिफाइनल नजिक छ । प्रदेश १ काे भने याे लगातार तेस्राे हार हाे । आर्मीले समूहकाे अन्तिम खेल एपीएफसँग खेल्नेछ ।
प्रदेश-१ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९.५ खाेभरमा ६ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा रोहित पौडेलले सर्वाधिक ३६ रन बनाए । यस्तै भिम सार्कीले २९ र लाेकश बमले १३ रन बनाए । राजेश पुलामीले अविजित २४ रन बनाए ।
प्रदेश -१ का फिर्दोस अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र शुभंकर उराले १/१ विकेट लिए ।
शहाब आलम र आकाश चन्दले उत्कृष्ट बलिङ गरेपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले प्रदेश एकलाई १३१ रनमै अलआउट गरेको छ ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश एक ले ४०.१ अभरमा सबै विकेट गुमाएर १३१ रन बनाएको हो ।
प्रदशे १ का लागि विवेक मेहेताले अर्धशतक बनाए । उनले ८३ बल खेल्दै ७ चौका र १ छक्काको मद्दतमा ५० रन बनाए । यस्तै फिर्दोस अन्सारीले ३२, दीपक पासवानले १९ र दिपेश कँडेलले ११ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।
प्रदेश एक लाई अलआउट गर्न बलिङतर्फ आर्मीका लागि शाहव आलमले सर्वाधिक ४ विकेट लिए । ९.१ ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै २३ रन खर्चे ।
यस्तै आकाश चन्दले ७ ओभरमा ३ मेडन राख्दै १५ रन खर्चेर ३ विकेट लिए । सुशन भारी, भिम सार्की र राजेश पुलामीले समान १ विकेट लिए ।
प्रतिक्रिया 4