Comments Add Comment

राजस्थानबाट स्टिभ स्मिथ रिलिज, सञ्जु सामसन नयाँ कप्तान

७ माघ, काठमाडौं । इन्डिनयन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणअघि कप्तान स्टिभ स्मिथलाई रिलिज गरेको छ । आईपीएलको १४ औं संस्करणअघि राजस्थानले स्मिथलाई रिलिज गरेको हो ।

स्मिथको कप्तानीमा राजस्थान १३ औं सिजन अन्तिम स्थानमा रहेको थियो ।

आईपीएलको नयाँ सिजनका लागि फ्रेन्चाइजले रिटेन गर्ने र रिलिज गर्ने खेलाडीको टुङ्गो जनवरी २० सम्‍म लगाउनुपर्ने भएकोले टिमहरुले खेलाडी रिटेन गर्ने र रिलिज गर्ने गरेका छन् ।

यस्तै राजस्थानले सन्जु सामसनलाई टिमको नयाँ कप्तानको रुपमा नियुक्त गरेको छ । श्रीलंकन पूर्व कप्तान कुमार सांगाकारलाई टिम डिरेक्टरको रुपमा नियुक्त गरेको छ ।

युवा विकेटकिपर ब्याट्सम्यान सामसनले आफ्नो लागि यो सम्मानको विषय रहेको बताए ।

‘राजस्थान रोयल्सको कप्तानको रुपमा घोषित हुँदा यो ठूलो सम्मान हो । यो टिम मेरो हृदयनजिक छ । जहाँ मैले खेल्दै आएको छु र भाग्यमानी ठान्छु । म नयाँ चुनौतीलाई लिएर उत्साहित छु’ राजस्थानले जारी गरेको मिडिया रिलिजमा सामसनले भनेका छन् ।

राजस्थानले नयाँ सिनजका लागि जोस बटलर, बेन स्टोक्स, जोफ्रा आर्चर, राहु तेवाटिया, रियान पराग, डेभिड मिलर, एन्ड्र तये, रोविन उथापालगायत १७ खेलाडीलाई रिटेन गरेको छ ।

यस्तै स्मिथसहित ओसाने थोमस, टम कुरान र वरुण आरोहनलाई रिलिज गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment