Comments Add Comment

काठमाडौंमा हुने स्नुकरका लागि रुपन्देहीबाट चार खेलाडी छनोट

८ माघ, बुटवल । काठमाडौंमा हुने राष्ट्रिय स्तरको स्नुकर प्रतियोगिताका लागि रुपन्देहीबाट चारजना खेलाडी छनोट भएका छन् ।

काठमाडौंमा माघ २४ गतेदेखि हुने चक्र लामा/किसन लामा स्मृति खुल्ला प्रतियोगितामा सहभागिताका लागि बुटवलमा भएको छनोट खेलबाट सुजन पुन (प्रथम), शिशिर गुरुङ (दोस्रो) तथा सुमित तुलाधर र शारन राणा (सेमिफाइनलिस्ट) छनोट भएका हुन् ।

खेलाडी छनोटका लागि रुपन्देही पुल तथा स्नुकर संघले माघ २ गतेदेखि ७ गतेसम्म बुटवलमा वार्मअप टुर्नामेन्ट (अभ्यास खेल प्रतियोगिता) आयोजना गरेको थियो ।

उत्कृष्ट चारजना खेलाडीलाई पुल तथा स्नुकर संघका केन्द्रीय सदस्य हरि क्षेत्री, रुपन्देही पुल तथा स्नुकर संघका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ,सल्लाहकार सन्जय बज्राचार्य लगायतले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका छन् ।

सो अवसरमा स्नुकर खेलाडीलाई सहयोगका लागि स्थापना गरिएको अक्षयकोषका लागि संघका संस्थापक अध्यक्ष एवं केन्द्रीय सदस्य हरि क्षेत्रीले ५० हजार र जिल्ला अध्यक्ष श्रेष्ठले १० हजार रुपैयाँ जम्मा गरेका छन् ।

अजिमा स्नुकर हाउसको आयोजनामा काठमाडौंमा हुने प्रतियोगिताको विजेताले २ लाख नगद पुरस्कार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment