
८ माघ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफामा गिरावट आएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफामा ८ करोड रुपैयाँले गिरावट आएको हो ।
बैंकले अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो घटेर अहिले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५८ करोड ६६ लाख रुपैयाँमात्रै खुद नाफा बैंकले कमाएको छ ।
बैंकको नाफामात्रै होइन अन्य सूचकहरुमा पनि राम्रो सुधार हुन सकेका छैनन् । खुद ब्याज आम्दानीदेखि प्रतिसेयर आम्दानीसम्म घटेको छ । बैंकको सञ्चालन मुनाफा २.०८ प्रतिशत घटेर २ अर्ब ३३ करोड १३ लाख रुपैयाँ कायम भएको छ भने खुद ब्याज आम्दानी पनि २ अर्ब ९८ करोड २४ लाख रुपैयाँमात्रै रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १.११ रुपैयाँ घटेर २२.२७ रुपैयाँमा झरेको छ । बैंकको जगेडा कोषमा १२ अर्ब १५ करोड ३७ लाख रुपैयाँ र शेयरधनी कोषमा ३ अर्ब ११ करोड ६२ लाख रुपैयाँ सञ्चित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4