+
+

संघर्ष समितिले भन्यो : भोलिको प्रदर्शन शान्तिपूर्ण र मर्यादित हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ८ गते १५:०३

८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले भोलि काठमाडौंमा हुने प्रदर्शन शान्तिपूर्ण र मर्यादित हुने बताएको छ । तर आन्दोलनमा सरकारी पक्षबाट घुसपैठ गरेर विथोल्ने र हिंसात्मक बनाउने षड्यन्त्रप्रति सचेत हुनुपर्ने बताएको छ ।

संघर्ष समितिले बिहीबार पत्रकार सम्मेलन गरी प्रदर्शनमा सहभागी हुन सबैलाई अपील गरेको छ ।

समितिका सहसंयोजक योगेश भट्टराईका अनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, शान्ति बाटिका, त्रिचन्द्र र बाल्मिकी क्याम्पसबाट जुलुस निस्कनेछ, जसको नेतृत्व स्थायी कमिटी सदस्यहरुले गर्नेछन् ।

सबै जुलुस रत्नपार्कमा पुगेर मुल जुलुसमा सुरु हुनेछ, जसको नेतृत्व अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका शीर्ष नेताहरुे गर्नेछन् ।

यो जुलस रत्नपार्क, पुतिलीसडक, भद्रकाली हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ । सभामा शीर्ष नेताहरुले सम्बोधन गर्नुका साथै आगामी आन्दोलनका कार्यक्रम समेत घोषणा गरिने संघर्ष समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?