+
+
Shares

राजनारायण पाठकलाई ७८ लाख घुस दिएका न्यौपाने डिल्लीबजार कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ८ गते २१:५७

८ माघ, बुटवल । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदरकुमार न्यौपाने कारागार चलान भएका छन् ।

जिल्ला अदालत भक्तपुरले मागेको ३५ लाख रुपैयाँ धरौटी तिर्न नसक्ने बताएपछि न्यौपानेलाई बिहीबार डिल्लीबजार कारागार पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका निर्देशक डीआईजी सहकुलबहादुर थापाले जानकारी दिए ।

जिल्ला अदालतले कलेजका तत्कालिन वित्त नियन्त्रक रामकुमार श्रेष्ठसँग १० लाख र पोखरा विश्वविद्यालयका कर्मचारी चोलाकान्त च्वाइसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ ।

न्यौपानेमाथि कलेजको ३१ करोड ३२ लाख रुपैयाँ अपचलनको आरोप छ । यो विषयमा छानिविन गर्न कलेजका संस्थापकहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

छानविन रोक्ने शर्तमा न्यौपानेले अख्तियारका तत्कालिन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएका थिए । घुस लिएको भिडियो सार्वजनिक भएपछि पाठक पदबाट राजीनामा दिन बाध्य भएका थिए ।

न्यौपाने १८ असार २०५६ देखि ७ मंसिर २०५७ र २३ मंसिर २०७० देखि १५ असोज २०७५ सम्म नेपाल इन्जिनियरिङ कलेजको अध्यक्ष भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?