+
+
Shares

ब्राउन सुगरसहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ९ गते १३:०५

९ माघ, झापा । झापाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

झापाको दमक नगरपालिका-८ सेतुमारी सडकखण्डबाट मोरङको रतुवामाई नगरपालिका-२ का २१ वर्षीय कनैया गनगाई र रतुवामाई-८ का २० वर्षीय राजकुमार गनगाई पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ३६ ग्राम ब्राउन सुगर बरामद भएको झापाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

नियन्त्रणमा लिएका दुवै जनालाई जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिएर कानुनी प्रक्रिया अगाडि बढाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?