Comments Add Comment

विवेकको अर्धशतकमा बागमतीलाई प्रदेश २ ले दियो १८० रनको लक्ष्य

९ माघ, काठमाडौं । नवौं नम्बरमा ब्याटिङ गरेका विवेक यादवले अर्धशतक प्रहार गरेपछि प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेटमा प्रदेश २ ले बागमती प्रदेशलाई १८० रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४८.२ ओभर खेल्दै सबै विकेट गुमाएर १७९ रन बनाएको हो ।

प्रदेश २ का लागि विवेक यादवले सर्वाधिक ६६ रन बनाए । उनले ७४ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।

२५औं ओभरमा टिमको स्कोर ६९ हुँदा ७ विकेट गुमाएको प्रदेश २ को इनिङ्स उकास्न विकेटले महत्वपूर्ण ब्याटिङ गरे । विवेकले आठौं विकेटका लागि राहुल प्रताप सिंहसँग ५३ रनको साझेदारी गरे । यस्तै नवौं विकेटका लागि कुमार थापासँग ४६ रनको साझेदारी गरे ।

कुमार थापाले २२ र राहुल प्रताप सिंहले १८ रन जोडे । यस्तै सुधिर चौधरीले १५ र कप्तान सुरज कुर्मीले १३ रन जोडे ।

बलिङमा बागमतिका गौतम केसीले ४ विकेट लिए । उनले १० ओभर बलिङ गर्दा १ मेडन राख्दै २९ रन खर्चिए । यस्तै रामनरेश गिरीले १० ओभरमा ३ मेडन राख्दै ३५ रन खर्चेर २ विकेट लिए । नन्दन यादव, तिलक भण्डारी र विपिन आर्चार्यले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment