Comments Add Comment

झिल्टुङ क्रस कन्ट्रीको उपाधि सुमन र हुमीलाई, सुमनले तोडे कीर्तिमान

११ माघ काठमाडौं । पाँचौ क्रिल्टुङ क्रस कन्ट्री च्याम्पियनसिपममा पुरुषतर्फ सुमन कुलुङ राई र महिलातर्फ हुमी बुढा मगर विजेता भएका छन् ।
शनिबार नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ मा भएको दौडमा पुरुष तर्फ प्रथम भएका राईले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।  उनले ५४ मिनेट ५५ दशमलव ०९ सेकेण्डमा निर्धारित १३.४ किलोमिटरको दुरी पूरा गर्दै कीर्तिमान बनाएका हुन् । उनले १३ औं सागका स्वर्ण पदक विजेता किरणसिंह बोगटीको ५६ मिनेटको कीर्तिमान भङ्ग गरेका हुन् ।
यस्तै दोस्रो भएका आकाश राईले ५५ मिनेट ५८ दशमलब ५० सेकेन्डमा दुरी पुरा गरे भने तेस्रो भएका राजेन्द्र तामाङले ५९ मिनेट २० दशमलब ०४ सेकेन्डमा दुरी पूरा गरे ।
महिलातर्फ प्रथम भएकी बुढामगर १३ औं दक्षिण एसियाली खेलकुद सागमा दुवाथलनकी रजत पदक विजेता हुन् । उनले १ घण्टा १३ मिनेट २३ सेकेन्डमा दुरी पुरा गरिन् । दोस्रो भएकी बन्दना राईले १ घण्टा १७ मिनेट ५८ सेकेन्डमा पुरा गरिन् भने एपीएफकी आशा राउतले १ घण्टा २० मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पुरा गरिन् ।
महिला र पुरुषतर्फका विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार प्राप्त गरेका छन् ।
आमा समूहतर्फ अघिल्लो वर्षकी विजेता सन्तुमाया श्रेष्ठ प्रथम भइन् भने विमला श्रेष्ठ (क) दोस्रो भइन् भने कल्पना श्रेष्ठ तेस्रो भइन् । पहिलो हुनेले १० हजार, दोस्रोले ६ हजार र तेस्रो हुनेले ४ हजार प्राप्त गरेका छन् ।
यस्तै, स्थानीय विधाको पुरुषतर्फ प्रज्वल लामिछाने प्रथम, नविन भण्डारी दोस्रो र दिनेश भण्डारी तेस्रो भए ।
झिल्टुङ्ग क्रस कन्ट्री दौडमा स्थानीय यू-१६ छात्रतर्फ दिनेश नेपाल, शिशिर तामाङ, अनिस भण्डारी पहिलो दोस्रो र तेस्रो भए । छात्रामा , विद्यालयका छात्र छात्रातर्फ दीपशिखा राई प्रथम भइन् भने अस्मीता दुलाल दोस्रो र सपना श्रेष्ठ तेस्रो भइन् ।
यस्तै, ४.५ किलोमिटर खुल्लातर्फ छात्रमा विश्वराम कुँवर प्रथम भए भने उदय लिम्बु दोस्रो र प्रविण लम्लीङ्ग तेस्रो भए । यहि विधाको छात्रामा सरस्वती बोहरा, रेश्तिना सितिखु, अन्जु खड्का क्रमश: पहिलो दोस्रो र तेस्रो भए ।
विभिन्न ९ विधाका धावकहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । पाँचौ संस्करणसम्म आइपुग्दा प्रतियोगिताले बेलकोटगढी नगरपालिकालाई चिनाउन मद्दत गरेको आयोजकको दाबी छ । सुरुका दिनहरुमा काठमाडौंबाट गएका खेलाडीले मात्रै पुरस्कार पाउँदा त्यहाँका स्थानीयलाई समेत अपनत्व हुने गरी स्थानी र स्थानीय विद्यालयका छात्र छात्राका लागि र गएको वर्षदेखि आमा समूह जस्ता विधा थप गरिएका थिए ।
प्रतियोगिताको आयोजनाका लागि बेलकोटगढी नगरपालिकाले ४ लाख दिएको र त्यसैले यसको आयोजना भएको आयोजक वडा नम्बर ५ का अध्यक्ष अनन्तराम नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment