Comments Add Comment

रियल मड्रिडको जितमा करिम बेन्जामाको दुई गोल

११ माघ, काठमाडौं । करिम बेन्जामाले दुई गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा अलाभेजलाई ४-१ ले पाजित गरेको छ । रियलका लागि कासेमिरो र एडेन हाजार्डले एक एक गोल गरे ।

घरेलु मैदानमा अलाभेजका लागि जोसेलुले एक गोल फर्काए ।

कोपा डेल रे मा बुधबार बाहिरिएको रियलले ला लिगामा सहज जित हात पार्दै केही राहस महसुस गरेको छ ।

खेलको १४औं मिनेटमै बासेमिरोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा बेन्जामाले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी टाइममा हाजार्डले गोल गर्दै रियललाई ३-० को अग्रता दिलाए ।

५९औं मिनेटमा अलाभेजका जोसेलुले गोल गर्दै गोलअन्तरम घटाएका थिए । तर बेन्जामाले ७०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले सहज जित हात पारेको हो ।

जितपछि रियलले सहरी क्लब एट्लेटिको मड्रिडसँग अंकदूरी ४ मा झारेको छ । तर रियलले दुई खेल बढी खेलेको छ । ७ खेलबाट ४४ अंकसहित एट्लेटिको शीर्ष स्थानमा छ भने रियल १९ खेलबाट ४० अंकसहित दोस्रोमा छ ।

उता काडिजलाई ३-० ले पराजित गर्दै १९ खेलबाट ३६ अंक जोडेको सेभिया तेस्रो स्थानमा उक्लेको छ । सेभियाको जितमा युसु नेस्रीले ह्याट्रिक गरे । उनी यस सिजनमा १२ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् ।

१८ खेलबाट ३४ अंक रहेको बार्सिलोना चौथो स्थानमा छ । बार्सिलोनाले आज राती एल्चेसंऊ खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment