+
+
Shares

राजपत्रबारे प्रश्न उठाउँदा प्रधानन्यायाधीशले रोके

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ११ गते १२:०२
फाइल तस्वीर

११ माघ, काठमाडौं । अदालतमा प्रश्न उठेपछि सरकारले संसद विघटनको सूचना रातारात राजपत्र प्रकाशित गरेको विषय उठाउँदा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रोकेका छन् ।

संवैधानिक इजलासमा वकिलहरुले अहिलेसम्म प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको विषय उठाएका थिए । त्यसको भोलिपल्ट ५ पुसको मितिमा राजपत्र प्रकाशित गरेर इजलासमा पेश गरिएको थियो ।

आइतबार इजलास सुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले यसबारे प्रश्न उठाएका थिए । राजपत्र प्रकाशित गर्ने प्रक्रिया हुन्छ भन्दै उनले बोल्दा प्रधानन्यायाधीशले तपाईंको निवेदन यहीँ राखेका छौं । अहिले यो विषय प्रवेश नगरौं भनेर रोकेका छन् ।

श्रेष्ठले दुई मिनेटभन्दा समय लिन्न भनेका थिए । तर जबराले भने, ‘जे कुराको पनि ड्यु प्रोसेस हुन्छ । तपाईंले कुरा राखेपछि अर्को पक्षलाई पनि जवाफ दिन दिनुपर्ने हुन्छ । त्यसैले अहिले नगरौं ।’

महान्यायाधिवक्ता अग्नि खरेलले पनि प्रतिवाद गरे । उनले भनेका छन्, ‘इजलासले माग्यो, हामीले दियौं । अहिले त्यस विषयमा छलफल आवश्यक छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?